संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

author

समाचारपाटी

१ महिना अगाडि

नेपाली काँग्रेसले संविधान कार्यान्वयनको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरेको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सार्वभौम नेपाली जनताद्वारा निर्वाचित संविधान सभाबाट बनेको संविधानको पूर्ण कार्यान्वयन गर्दै संविधानप्रति पूर्ण प्रतिवद्धता जाहेर गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले संघीय लोकतान्त्रिक संविधानमार्फत नै जनताका आवश्यकता, समस्या र महत्वकांक्षाहरुलाई सम्बोधन गर्न सकिने काँग्रेसको विश्वास रहेको बताउनु भयो । बैठकले ववियुको निर्वाचनमा नेपाल विद्यार्थी संघ फेरि पनि धेरै क्याम्पसहरुमा विजयी भएको र विजयी हुनेहरुलाई धन्यवाद दिने निर्णय गरेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘सार्वभौम नेपाली जनताद्वारा निर्वाचित संविधान सभाबाट बनेको संविधानको जुन गणतान्त्रिक संघीय संविधान बनेको छ, यसप्रति पूर्ण प्रतिवद्धता जाहेर गरेको छ । यस संघीय लोकतान्त्रिक संविधानमार्फत नै जनताका आवश्यकता, समस्या र महत्वकांक्षाहरुलाई सम्बोधन गर्न सकिने पनि विश्वास व्यक्त गरेको छ । कार्य सम्पादन समितिका सदस्य नेताहरुले आफ्ना दृष्टिकोण राख्नुभएको छ । स्ववियुको निर्वाचनमा नेपाल विद्यार्थी संघ फेरि पनि सबैभन्दा ज्यादा ठाउँदा सबैभन्दा धेरै क्याम्पसहरुमा जित्न सफल भएको छ । त्यसमा विजयी भएका नेपाल विद्यार्थी संघका उम्मेदवारहरुलाई बधाई दिएको छ । शुभकामना दिएको छ । संगठन सम्बन्धी सक्रिय सदस्यता सम्बन्धमा, जनसम्पर्क समितिको विषय पहिला पनि निर्णइ गरेका थियौँ, त्यो परिमार्जन गर्ने निर्णय भएको छ ।’
काँग्रेसले बैठकमा समसायिक राजनीतिक विषयमा पनि छलफल गरेको छ । सरकारले प्रभावकारी ढंगबाट काम गर्नुपर्ने, जनताका आवश्यकता पूरा गर्न कमजोरी गर्न नहुने बारेमा पनि छलफल भएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१८.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’