fbpx

नेपाली युवाले युनानसँग प्रतिष्पर्धात्मक फुटबल खेल्ने

author

समाचारपाटी

१ महिना अगाडि

नेपाली युवा फुटबल टोलीले चीनको युनान युथ फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलमा जित्नका लागि खेल्ने बताएको छ ।
चिनियाँ नयाँ वर्षको अवसरमा नेपालीको युवा टोली र चीनको युनान प्रान्तबीच शनिवार मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने  मैत्रीपूर्ण खेलमा डिफेन्डर सिमान्त थापामगरले नेपाली टोलीको नेतृत्व गर्दैछन् । खेलअघि शुक्रवार आयोजना भएको पत्रकार सम्मेलनमा सिमान्तलाई कप्तान घोषणा गरिएको हो । नेपाली टोलीको प्रशिक्षकमा राजेश शाही छन् । उक्त मैत्रीपूर्ण खेलमा यसपल्ट पनि नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । 

पछिल्लो भेटमा भने नेपालले पाहुना टोलीमाथि ५–१ को जित निकालेको थियो । यद्यपि, यसपल्ट दर्शकले प्रतिष्पर्धा खेल हेर्न पाउने युनान युथ टोलीले विश्वास व्यक्त गरेको छ । यसअघि पत्रकार सम्मेलनमा पनि चिनियाँ दुतावासले यसपल्ट राम्रो टोली नेपाल आएको उल्लेख गरिसकेको छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि उमेरसमूहका ४५ खेलाडीको बन्द प्रशिक्षणबाट युवा टोली घोषणा गरेको हो । जसको नेतृत्व पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका सीमान्तले गर्ने भएका छन् ।
यसअघि सन् २०२२ मा श्रीलंकामा भएको साफ यु–१७ च्याम्पियनसिपमा नियमित कप्तान प्रशान्त लक्षम अनुपस्थित हुँदा सीमान्तले नै कप्तानी जिम्मेवारी निर्वाह गरेका थिए । सिमान्तले गत वर्ष घरेलु मैदानमै भएको साफ यु–२० च्याम्पियनसिप पनि खेलेका थिए । उनले एएफसी यु–२० कप छनोटमा पनि नेपालको प्रतिनिधित्व गरिसकेका छन् । उक्त मैत्रीपूर्ण खेल दशरथ रंगशालामा शनिवार दिउँसो २ः३० मा शुरु हुनेछ । यो मैत्रीपूर्ण खेलको लागि प्रशिक्षक राजेश शाहीले गत मंगलवार २३ सदस्यीय युवा टोली घोषणा गरेका हुन् । 

नेपाली टोलीमा तीन गोलकिपरः जियारथ शेख, कृषल मोक्तान, विशाल केसी तथा डिफेन्डरमा सिमान्त थापामगर (कप्तान), सविन घिमिरे, राम थापा, विशाल नेपाली, अश्विन घोरासैनी, विक्रम तामाङ छन् । मिडफिल्डरमा सरोज दार्लामी, लक्षु थापा, कृष्ण आले, ओमप्रकाश बम, सविन लुङ्गेली, आशिष राई, विक्रम गौतम, धर्मेन्द्र कुँवर तथा फरवाडर्माः निराजन धामी, सुजन मगर, नीरज कार्की, निरोज चौधरी, श्यरब लो तामाङ र विज्ञान खड्का छन् ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, चैत्र १३, २०८१

१९.०८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसद चल्न दिदैनौँः माओवादी केन्द्र

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन