fbpx

यु–१९ एशिया कपबाट युवा टोली क्रिकेटरमा धेरै सम्भावना देखिएको छ– शक्ति गौचन

author

समाचारपाटी

१ महिना अगाडि

नेपाली यु–१९ क्रिकेट टोलीका प्रशिक्षक शक्ति गौचनले एसिसी यु–१९ एशिया कपमा युवा टोलीले धेरै आशा गर्न सकिने प्रदर्शन गरेको बताएका छन् ।  संयुक्त अरब इमिरेट्(युएई) भएको यु–१९ एशिया कप खेलेर फर्कने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रशिक्षक गौचनले भ्रमणमा हार मात्र नभएको र युवा टोलीबाट आशा गर्नसक्ने धेरै पक्षहरू रहेको बताएका हुन् । साथै सो अवसरमा उनले नेपाल प्रिमियर लिग (एनपिएल) मा रहेका यु–१९ क्रिकेटरले यसलाई राष्ट्रिय टोलीमा पुग्ने राम्रो माध्यम सिर्जना गर्ने आशा गरेका छन् । एशिया कप खेलेको अनुभवले युवा खेलाडीले एनपिएलमा राम्रो प्रदर्शन गर्ने उनको भनाइ छ ।
उनले मार्टिन गप्टिल, शिखर धवन र बेन कटिङ जस्ता टेस्ट प्लेइङ नेसन्सबाट आएको अनुभवी क्रिकेटरबाट आफ्ना युवा क्रिकेटरले र राष्ट्रिय टोलीकै सदस्यले पनि धेरै कुरा सिक्ने पाउने भएकाले एनपिएल राम्रो माध्यम हुने बताए । 


यु–१९ टोलीका कप्तान हेमन्त धामीले आगामी यु–१९ विश्वकप छनोटका लागि एसिया कप राम्रो माध्यम बनेको बताए । उनले एसिया कपमा राम्रो प्रदर्शन भए पनि मिडल अर्डरमा साथ पाउन नसक्दा दुई खेल गुमाउन पुगेको समेत उल्लेख गरे । उनले पनि एनपिएल युवा खेलाडीका लागि राम्रो माध्यम हुने आशा व्यक्त गरे । 


नेपालले संयुक्त अरब इमिरेट्(युएई) मा भएको यु–१९ एसिया कपमा तीन खेलमध्ये अफगानिस्तानसँगको खेलमा जित निकालेको हो । बुधवार भएको खेलमा नेपालले अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जित निकालेको हो । नेपालले समूहमा श्रीलंकासँग ५५ रन र बंगलादेशसँग पाँच विकेटले पराजित भएपछि नेपालको यात्रा समूहचरणमा नै टुङ्गिएको हो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन