अफगानिस्तानविरुद्ध जित निकाल्छौं भन्ने आत्मविश्वास थियो– प्रशिक्षक शक्ति गौचन

author

समाचारपाटी

१ महिना अगाडि

नेपाली यु–१९ क्रिकेट टोलीका प्रशिक्षक शक्ति गौचनले विश्वकपमा छनोटबाट वञ्चित भएपछि अफगानिस्तानविरुद्ध जित निकाल्नसक्छौं भन्ने आत्मविश्वास रहेको बताएका छन् । घरेलु मैदानमा भएको यु–१९ विश्वकप एसिया छनोटमा अफगानिस्तानविरुद्धको निर्णायक खेलमा शनिवार वर्षा बाधक हुँदा नेपाल नवौंपल्ट विश्वकप खेल्नबाट वञ्चित भएको हो । यससँगै नेपाली टोलीका प्रशिक्षक शक्तिले अफगानिस्तानविरुद्ध जित निकाल्न खेलाडीहरूमा बलियो आत्मबल रहे पनि वर्षा बाधक भएको बताएका हुन् । प्रशिक्षक गौचनले तीन महिना छनोटको तयारी गर्दा विश्वकप खेल्ने सपना बनाए पनि वर्षाले गर्दा सम्भव नभएको बताए । खेल सम्भव नभएपछि पत्रकार सम्मेलनमा प्रशिक्षक गौचनले भाग्यले पनि साथ नदिँदा धेरै दुःख लागे पनि यो अवस्थामा स्वीकार्न तयार रहेको प्रतिक्रिया दिए । 

यद्यपि, शनिवार खेलमा नतिजा जे सुकै आउने भएपनि अफगानिस्तानसँगको श्रृंखलामा जसरी पुनरागमन गरेको थियो, त्यो हेर्दा हराउनसक्छौं भन्ने आत्मविश्वास टोलीमा रहेको पनि उनको भनाइ छ । श्रृंखलाका तीन खेलमध्ये दुई खेलको नतिजामा आफूहरूले गरेको प्रदर्शनका आधारमा खेलाडीहरूमा पनि आत्मविश्वास बढेको अवस्था रहेको उनले उल्लेख गरेका छन् । यो ब्याचको यु–१९ टोलीका खेलाडी अधिकांश नयाँ रहे पनि क्षमतावान खेलाडी रहेको उनको भनाइ छ । उनीहरूले आफूलाई पनि हरेक दिन सुधार गर्दै लगेको प्रशिक्षक गौचनले बताए । अहिले विश्वकपमा छनोट हुन असफल भए पनि यो पुस्ताका खेलाडीले राष्ट्रिय टोलीबाट खेल्ने उनको विश्वास छ ।

उनले विश्वकपमा छनोट हुन नसकेपछि खेलाडीहरू धेरै रोएको र आफूलाई पनि चित्त दुखेको बताएका छन् । यद्यपि, आफ्नो करियरमा यो भन्दा ठूलो दुःख र सुख आएको भन्दै खेलाडीलाई सम्झाएको प्रशिक्षक गौचनले उल्लेख गरेका छन् । यो दुःख बाट अगाडि बढेर सुधार गर्नसके अझ राम्रो नतिजा आउने भन्दै खेलाडीलाई सम्झाएको उनले स्मरण गरेका छन् । 


पाँच राष्ट्र सहभागी यु–१९ विश्वकप एसिया छनोटमा लिगको विजेताले विश्वकपमा स्थान बनाउने प्रावधान थियो । लिगमा समान सात अंक भएपनि नेट रनरेटमा नेपाललाई पछि पार्दै अफगानिस्तानले सन् २०२६ मा नामिबिया र जिम्बाब्वेमा हुने विश्वकपमा स्थान बनायो । मूलपानी क्रिकेट मैदान (तल्लो) मा शनिबार प्रतिस्पर्धा गर्नुअघि नेपाल र अफगानिस्तान दुवै टोली अपराजित थिए । नेट रनरेटमा अफगानिस्तान अगाडि रहेकाले विश्वकपमा छनोट हुन नेपालका लागि खेल हुनु आवश्यक थियो । विहान केही समय वर्षा हुँदा मैदानमा भिजेको थियो । करिव पाँच घण्टाको पर्खाइपछि सम्भव नदेखेपछि म्याच अफिसियलले खेल रद्द गरेका हुन् ।
अफगानिस्तानको ४.८१७० र नेपाल ३.५७६४ नेट रनरेटमा थियो । नेपाल सन् २०२२ पछि फेरि विश्वकपमा छनोट हुन असफल भएको हो । नेपाली यु–१९ टोलीका कप्तान नरेन भट्टले पनि खेल नै खेल्न नपाइ छनोट हुन असफल हुँदा धेरै दुःख लागेको बताए । टोलीमा धेरै राम्रो रहेको र प्रदर्शन पनि त्यहीअनुरूप भएकाले अफगानिस्तानविरुद्ध जित निकाल्न सक्छौं भन्ने आत्मविश्वास रहेको उनले उल्लेख गरेका छन् । तर वर्षाका कारणले सम्भव नभएको उनले उल्लेख गरे । वर्षा आफूहरूको नियन्त्रणमा नरहेको भन्दै उनले आफूलाई सम्झाएका थिए । 


अफगानिस्तानका प्रशिक्षक रेइस अहमदजाईले नेपाली टोली पनि बलियो रहेको र उनीहरूले धेरै राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै विश्वकपमा छनोट हुन नसक्नु अभावी रहेको बताए । आफ्नो टोलीविरुद्ध नेपालका खेलाडीले राम्रो प्रदर्शन गरेको भन्दै उनले प्रशंसा पनि गरेका छन् । नेपाली टोली विश्वकप खेल्नयोग्य रहेको पनि उनले प्रतिक्रिया दिए । आफू युद्धकै अवस्थाबाट हुर्किएको उल्लेख गर्दै यो सफलता आफ्नो देशका लागि मुस्कान हुने उनको विश्वास छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन