काठमाडौं । साफ यू २० महिला च्याम्पियनसिप खेल्न नेपाली टोली बुधबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।
दुई दिनपछि ढाकामा सुरु च्याम्पियनसिप फेब्रुअरी ९ सम्म आयोजना हुनेछ । मंगलबार अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टोलीलाई बिदाइ गरेको थियो ।
साफ यू–२० महिलाच्याम्पियनसिपमा नेपालसहित चार राष्ट्रको सहभागिता हुनेछ । नेपाल र आयोजक बंगलादेशसहित भारत र भुटानले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।