fbpx

नेपाली नयाँ बर्षलाई स्वागत गर्न काठमाडौंमा दोस्रो संस्करणकाे ‘ओशो महोत्सब’आयोजना

author

समाचारपाटी

२ years अगाडि

गत बर्ष बैशाख १ गते १५ हजार भन्दा बढीको उपस्थितमा नेपाली नयाँ बर्षलाई फरक ढंगबाट स्वागत गरिएकाे थियाे ।काठमाडौंको टुँडिखेलमा एकसाथ ध्यान र उत्सव गरी ओशो तपोबनको सहकार्यमा ओम नेपाल मिडियाले सेलिब्रेशन नामक कार्यक्रम सम्पन्न गरेको थियाे ।

गत बर्षको कार्यक्रमबाट प्राप्त उत्साह र सकारात्मक सन्देशसंगै यस बर्ष बैशाख १ गते सोही कार्यक्रमको दोस्रो संस्करण ओशो महोत्सब काठमाडौंको टुँडिखेलमा आयोजना गर्न लागिएको छ । ओशो महोत्सब ओशो तपोबनको प्रस्तुतिमा हुन लागेको छ भने यसको आयोजना ओम नेपाल मिडियाले गर्नेछ ।

बिहान ९ बजेदेखि राति ९ बजेसम्म हुने १२ घण्टाको महोत्सबमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिहरुलाई सुहाउने विविध प्रकारका कार्यक्रमहरु रहनेछन् ।

यस पटक ओशो महोत्सब संगीतको महोत्सब हुनेछ । ओशो महोत्सब ध्यान र साधनाको महोत्सब हुनेछ । ओशो महोत्सब अध्ययनको महोत्सब हुनेछ । ओशो महोत्सब स्वाद र हाँस्यको महोत्सब हुनेछ । किनकी एक दिने ओशो महोत्सब ध्यान, मेडिटेशन, योगा, गायन, नृत्य, लाईभ म्युजिक, लाफिंङ्ग मेडिटेशन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहशनलगायतको संगालो समारोह हुनेछ ।

विहान ९ बजेबाट ओशो महोत्सबको मुख्य कार्यक्रम साँझ ५ बजेदेखि शुरु हुनेछ । साँझ ५० हजार व्यक्तिले एकसाथ ध्यान र उत्सब गर्नेछन । देशका विशिस्ठ व्यक्तिहरुको उपस्थितिमा हुने यो सत्रमा बोधिसत्य स्वामी आनन्द अरुणज्यूबाट विशेष संत्सग र आशिर्वाद प्रदान हुनेछ । यही कार्यक्रममा अन्तरराष्ट्रिय स्तरका नृत्य, संगीत र हाँस्य पनि प्रस्तुत हुनेछ । चर्चित सांगीतिक समूह कुटुम्बले यही समयमा आफ्नो विशेष प्रस्तुति दिने छ । यस पटक कुटुम्बले अहिले सम्म नगरेको नयाँ प्रयोगहरु समेत गर्नेछ, जुन एतिहासीक हुनेछ ।

ओशो महोत्सबमा हुने फुड फेस्टिबलको संयोजन अन्तर्राष्ट्रिय ख्याति प्राप्त सेफ सन्तोष शाहले गर्नुहुनेछ । उहाँका केही नयाँ परिकारहरुको स्वाद महोत्सबमा लिन सकिनेछ ।

शारिरीक तथा मानसिक तनाब, हताशा र विशादको कारणले दिननुदिन बिग्रिदै गएको हाम्रो स्वास्थ्यप्रति जागरुक रहन र नेपाली समाजलाई योग र साधनाका निरापद माध्यमबाट जोडी एक समृद्ध मनुष्य निर्माणमा यो महोत्सबले अहम् भूमिका खेल्न सक्नेछ । आफ्नो ब्यस्त जीवनशैलीमा ध्यान, योग र संत्सगलाई अपनाउदै कसरी खुशी जीवन जिउन सकिन्छ भन्ने कला महोत्सबमा सिक्न पाईनेछ ।

महोत्सबमा उच्च सरकारी पदाधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु, विशिष्ट व्यक्तित्वहरु, दर्जनौ कलाकार, संचारकर्मी, स्वदेशी तथा विदेशी ओशो प्रेमी र दर्शकहरु सहभागी हुनेछन् ।

ओशो महोत्सबको महोत्सब पार्टनरको रुपमा ग्लोबल टुरीजम प्रमोशन काउन्सिल रहेको छ । महोत्सबको मिडिया संयोजनको रुपमा चलचित्र पत्रकार संघ नेपालले गर्नेछ ।


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...