fbpx

विश्वकप छनोट यात्राको तयारी राम्रो भएको छ– प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस

author

समाचारपाटी

१ year अगाडि

नेपाली राष्ट्रिय फुटबल टोलीका भिन्सेन्जो अल्बर्टो एनेसले विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत बहराइनसँगको खेलका लागि छोटो समयका बाबजुद राम्रो तयारी गरेको विश्वास व्यक्त गरेका छन् । छनोटको दोस्रो चरणअन्तर्गत नेपालले बराइनसँग आगामी चैत ८ र १३ गते खेल्नेछ । त्यसअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ । प्रशिक्षक एनेसले ६ दिनको छोटो समय प्रशिक्षण गरे पनि तयारी राम्रो भएको बताएका छन् । धेरै नयाँ र युवा खेलाडीसँग काम गर्न आफू उत्साहित रहेको प्रशिक्षक एनेस बताउँछन् । यो छनोट यात्राका लागि प्रशिक्षक एनेसले अनुभवी र प्रभावशाली खेलाडीलाई समावेश गरेका छैनन् । अनभुवी रोहित चन्दसँगै नेपाली टोलीका प्रभावशाली आयुष घलान, एरिक बिष्ट, सुरज्यु ठकुरी, दीप कार्की र सन्तोष खत्री भने बहराइन यात्रामा समावेश छैनन् । 

रोहित पारिवारिक कारणले छनोटमा समावेश हुन पाएनन् भने बाँकी राष्ट्रिय टोलीमा रिपोर्टिङ नगरेका कारण प्रशिक्षक एनेसले बाहिर राखेको बताइएको छ । प्रशिक्षक एनेसले अनुभवी खेलाडीविहीन भएर खेल्न केही चुनौती रहने स्वीकार गरे । उनले विभिन्न कारणले आयुष, दीपलगायत खेलाडी तयारीमा समावेश नभएको उल्लेख गर्दै उनीहरूको विकल्पमा जान आफू बाध्य भएको पनि उल्लेख गरेका छन् । छनोटको दोस्रो चरणको दुवै खेल नेपालले बहराइनमा खेल्दैछ । एक मात्रै अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला खेल्न योग्य नहुँदा नेपालले दुवै खेल बहराइनमा खेल्न लागेको हो ।

होम म्याच खेल्न नपाउनु टोलीको लागि चुनौती हुने उनको भनाइ छ । यद्यपि आफू र आफ्नो टोली त्यो चुनौती सामना गर्न तयार रहेको प्रशिक्षक एनेस बताउँछन् । यसअघि मंगलवार नै एन्फाले फिफा विश्वकप एशिया छनोटअन्तर्गत बहराइनविरुद्धको खेलअगाडि मलेसियासँगको मैत्रीपूर्ण खेल तालिका पनि सार्वजनिक गरेको थियो । एन्फाका अनुसार नेपाल र मलेसियाबीचको एक मात्र मैत्रीपूर्ण आगामी शुक्रवार हुनेछ । यो खेलपछि नेपाली टोली बहराइन जाने कार्यक्रम छ । 

मैत्रीपूर्ण खेल र विश्वकप छनोट यात्राका लागि मंगलबार नै २३ सदस्यीय टोली घोषणा भएको हो । प्रशिक्षक एनेसले ६ जना नयाँ अनुहारसहित नेपाली फुटबल टोली घोषणा गरेका हुन् । इटालियन प्रशिक्षक एनेसले रोहन कार्की, विशाल बस्नेत, अभिषेक लिम्बू, अजय चौधरी, सौभाग्य राई र समीर तामाङलाई पहिलोपटक राष्ट्रिय टोलीमा समावेश गरेका हुन् । अधिकांश नयाँ अनुहार टोलीमा भित्रिँदा अनुभवी भरत खवासले पनि पुनरागमन गरेका छन् । प्रारम्भिक छनोटमै नपरेका भरत खवास र सौभाग्यलाई टोलीमा समेटिएको छ । 

छनोटको समूह ‘एच’ मा रहेको नेपालले यस अघिका दुवै खेलमा हार व्यहोरेको थियो । नेपालले पहिलो खेलमा युएईसँग ४–० तथा दोस्रो खेलमा यमनसँग २–० को हार व्यहोरेको थियो । नेपाली टोलीको गोलकिपर किरणकुमार लिम्बू, अभिषेक बराल, विशाल सुनार, रक्षकमा अजय चौधरी, अनन्त तामाङ, अभिषेक लिम्बु, छिरिङ लामा, सनिस श्रेष्ठ, सुमित श्रेष्ठ, सौभाग्य राई छन् । 
त्यस्तै मिडफिल्डरमा भरत, विशाल बस्नेत, लाकेन लिम्बू, मणीकुमार लामा, मनिष डांगी, रोहन कार्की, उत्सव राई र फरवार्डमा अञ्जन बिष्ट, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समीर तामाङ, सञ्जिव बिष्ट छन् । मंगलवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमका बीच नेपाली टोलीलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले बिदाइ गरेका थिए ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन