एएफसी एशियन कप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्छौं– कप्तान किरणकुमार लिम्बू

author

समाचारपाटी

१ महिना अगाडि

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले सिंगापुरसँग हुने मैत्रीपूर्ण फुटबल र एएफसी कप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् ।

नेपालले आगामी मार्च २१ गतेदेखि मैत्रीपूर्ण खेल र त्यसपछि मार्च २५ मा मलेसियासँग एएफसी एशियन कप क्वालिफायर खेल्दैछ । त्यसका लागि बिदाइको अवसरमा नेपालका कप्तान तथा गोलकिपर किरणले अवे खेल हुने भएकाले केही असहज हुने भए पनि उत्कृष्ट प्रदर्शन गर्ने बताएका हुन् । उनले अहिले नै यो गर्छौं र उ गर्छौं भन्नुभन्दा पनि राम्रो खेल्ने उल्लेख गर्दै आफ्नो टोलीमा धेरै अनुभवी खेलाडी नभए पनि क्षमतावान् रहेको बताएका छन् । उनले टोली सन्तुलित रहेको र चोटबाट अनुभवी खेलाडी रोहित चन्द पनि फर्कनु सुखद पक्ष रहेको बताएका छन् । 

समग्रमा आफ्ना टोली सन्तुलित रहेकाले राम्रो नतिजाको आशामा उनी छन् । छोटो तयारीका बावजुल सिंगापुरसँगको मैत्रीपूर्ण खेल छनोटका लागि राम्रो माध्यम बन्ने उनको विश्वास छ । कप्तान किरणले नयाँ प्रशिक्षकको प्रशिक्षणमा धेरै राम्रो परिवर्तन देख्न बताएका छन् । साफ अगाडि लगातार खेल हुनु टोलीका लागि सुखद पक्ष रहेको उनी बताउँछन् ।


नेपाली टोलीका प्रशिक्षक म्याट रसले टोलीमा धेरै क्षमतावान खेलाडी रहेकाले खेलका लागि उत्साहित रहेका बताएका छन् । टोलीमा अनुशासित र सतप्रतिशत कमिटमेन्ट दिने खेलाडी रहेकाले पनि आफू राम्रो नतिजाको आशामा रहेको उनको विश्वास छ । ३० दिनसम्म खेलाडीसँग प्रशिक्षणमा रहेपछि राम्रो खेलाडी छनोट गरेको उनको भनाइ छ । टेक्निकल राम्रा खेलाडी रहेको यो युवा टोलीबाट सकरात्मक नतिजाको अपेक्षामा आफू रहेको उनले बताए । 


मंगलवार नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङले बिदाइ गरेका थिए ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१८.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’