रोहित कुमार पौडेल ओडीआईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एकदिवशीय अन्तर्राष्ट्रिय ओडीआई क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नामिबिया विरुद्धको खेलमा ५५ रन बनाएपछि रोहित ओडीआईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने ।

रोहितले ३३ खेल खेल्दै १ शतक र ६ अर्धशतकको मद्दतमा एक हजार रनको कोशेढुंगा पूरा गरेका हुन् । ओडीआईमा रोहितको व्यक्तिगत उच्च स्कोर १२६ रन हो ।

यस्तै लिग टु मा पनि रोहित नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । लिग टु मा २२औं खेल खेलिरहेका रोहितले चार अर्धशतक मद्दतमा ६०० भन्दा बढी रन बनाइसकेका छन् । लिग टु मा रोहितको व्यक्तिगत उच्च स्कोर अविजित ६२ रन हो ।

लिग टु मा सबैभन्दा धेरै रन नामिबियाका कप्तान जेर्हार्ड एरसामसले बनाएका छन् । एरासमसले २९ खेल खेल्दै १ शतक र ११ अर्धशतक मद्दतमा १ हजार २२२ रन बनाएका छन् ।


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन