fbpx

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

author

समाचारपाटी

३ हप्ता अगाडि

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो । प्रिमियर हेर्न कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियर शोपछि रंगपत्रकारहरुसँग कुरा गर्दै अभिनेता आर्यन सिग्देलले दर्शकको प्रीतक्रियाको आफू भोको रहेको र सोहीअनुसार दर्शकहरुले राम्रो रहेको प्रतिक्रिया दिएकोमा खुशी लागेको बताउनु भयो । उहाँले सिनेमा र सिनेमाको पात्र हेरिसकेपछि राम्रोसँग निभाएको अुभव भएको बताउनु भयो । पुजार सार्कीले उठाएको विषय आफ्नो लागि आफ्नो जीवन र सिनेमाको लागि इतिहास रहेको बताउनु भयो । पुजार सार्की वास्तविक कथावस्तु रहेको बताउनु भयो । अभिनेता प्रदीप खड्काले चलचित्रमा डेटिङ रोमान्स कम भयो नि भन्ने प्रश्नमा अफ स्क्रिन बढी भएर अन स्क्रिन कम भएको हुनसक्ने भन्दै हासीमजाक गर्नुभयो । बिहानै बिहानै सबैले धेरै माया गरेकाले खुशी लागेको बताउनु भयो । विवाहको सम्बन्धबारेको प्रश्नमा उहाँले वास्तविक जीवनमा अब छिटै विवाह गर्ने बताउनु भयो । अभिनेत्री अञ्जना बराइलीले चलचित्र मन पराउनुले चलचित्रमा अभिनय गर्ने पात्रहरु सबैले न्याय दिन सकेको आफूले बुझेको बताउनु भयो । त्यस्तै अर्की अभिनेत्री परीक्षा लिम्बूले दर्शकहरुले राम्रो प्रतिक्रिया दिइरहेकाले खुशी लागेको बताउनु भयो ।


बिहीवार (आज) बाट रिलिज भएको चलचित्र ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गर्नुभएको हो । चलचत्रिमा प्रदिप खड्का, पल शाह, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहेको छ । चलचित्रलाई सुवास भुसालले निर्माण गर्नुभएको हो । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्रलाई नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन, सुप्रिम पराजुलीले कलर ग्रेडिङ र हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्। चलचित्रको पोस्टर डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गर्नुभएको हो । 


काठमाडौं

बिहिबार, जेष्ठ ३१, २०८१

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन