fbpx

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

author

समाचारपाटी

१ महिना अगाडि

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको टिजर सार्वजनिक भएको हो । टिजर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री दिव्या रायमाझीले आफ्नो यो दोस्रो चलचित्र भएको र काम गर्दा धेरै नै खुशीको महशुस गरेको बताउनु भयो । उहाँले चलचित्र धेरै नै राम्रो बनेको बताउनु भयो । कार्यक्रममा अभिनेत्री सुरक्षा पन्तले चलचित्रको स्क्रिप्ट पढ्दा नै धेरै राम्रो रहेको र काम गर्दा पनि त्यत्तिकै राम्रो महशुस गरेको बताउनु भयो । अभिनेता प्रदीप खड्काले चलचित्र सोचेको भन्दा धेरै नै राम्रो रहेको दाबी गर्नुभयो । कृषा चौलागाईं निर्देशित चलचित्र ‘पीताम्बर’ चैत २९ गतेबाट देशव्यापी रूपमा प्रदर्शन हुनेछ । 


चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, अनुपविक्रम शाही, दिव्या रायमाझी, दिव्य देव, कामेश्वर चौरसिया, सुपुष्पा भट्टको पनि अभिनय रहेको छ । सुमन गौतम कार्यकारी निर्माता रहनुभएको चलचित्रलाई पुरुषोत्तम प्रधानले छायाङ्कन गर्नुभएको हो । चलचित्रको पटकथा प्रदीप भारद्वाजले लेख्नुभएको हो भने केपी फिल्म्सले पुरुषोत्तम प्रधान फिल्म्ससँग सहकार्य गरेको चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, फाल्गुन २, २०८१

१४.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

वित्तीय समानीकरण अनुदान कटौतीबारे गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घद्वारा...

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि