fbpx

चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकारः ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’

author

समाचारपाटी

३ हप्ता अगाडि

नेपाली चलचित्र ‘फर्की फर्की’को प्रिमियर भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच चलचत्रिको प्रिमियर शो सम्पन्न भएको हो । प्रिमियर शोपछि रंगपत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र धेरै नै राम्रो रहेको र विशेष गरी चलचित्रका प्राविधिक पक्षहरु झनै उत्कृष्ट रहेको बताउनु भयो । उहाँले चलचित्रमा अभिनेता अनमोल केसी र जसिता गुरुङको अभिनय उत्कृष्ट रहेको बताउनु भयो । निर्देशन पक्ष एकदमै सबल रहेको र सिनेमा हेर्दा आफूलाई कोरियन सिनेमा हेरेको जस्तो अनुभुति भएको बताउनु भयो । उहाँले नेपालको आधुनिक शहरीकरण गरिएको जस्तो चलचित्र हेरेको महशुस भएको बताउनु भयो ।

अभिनता किरण केसीले चलचित्र अन्य भन्दा फरक र राम्रो लागेको बताउनु भयो । निर्देशन, छायांकन निकै राम्रो रहेको र विषयवस्तु पनि त्यत्तिकै उत्कृष्ट रहेको बताउनु भयो । उहाँले आम मानिसले अनमोलले अभिनयमा केही कमजोरी गर्ने गर्छ भन्ने छापलाई चलचित्र फर्की फर्कीले चिर्ने बताउनु भयो । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सबै कलाकारहरुको अभिनय उत्कृष्ट रहेको बताउनु भयो । चलचित्र कस्तो छ भन्नेकुरा दर्शकहरुले मूल्यांकन गर्ने कुरा भएको बताउनु भयो । अभिनेत्री भवसुन्धरा भुषालले चलचित्र धेरै नै राम्रो रहेको र नयाँ पुस्ताका लागि झनै राम्रो रहेको बताउनु भयो । उहाँले सबै दर्शकहरुले चलचित्र हेरिदिन आग्रह गर्नुभयो । अभिनेता रमेश उप्रेतीले चलचित्र फरक किसिमको रहेको र कलाकारहरुको अभिनय पनि राम्रो रहेको बताउनु भयो । अभिनेता केदार घिमिरेले चलचित्र फर्की फर्की धेरै बेग्लै किसिमको रहेको र धेरै नै राम्रो रहेको बताउनु भयो । अभिनेत्री सुरक्षा पन्तले चलचित्र धेरै नै राम्रो रहेको बताउनु भयो । उहाँले नयाँ खालको आइडियामा चलचित्र बनाउनु पनि उत्कृष्ट रहेको बताउनु भयो । अभिनेता दीपकराज गिरीले चलचित्र फर्की फर्की खर्चालु सिनेमा रहेको र मन खालेर चलचित्र निर्माणका लागि खर्च गरिएको बताउनु भयो । चलचित्रमा अनमोलको अभिनय सबैभन्दा राम्रो रहेको बताउनु भयो ।

चलचित्रको विषय यसअघि नेपाली सिनेमा प्रश्तुत नगरिएको बताउनु भयो । अभिनेत्री झर्ना थापाले चलचित्र नयाँ विषयवस्तुमा बनेको बताउनु भयो । चलचित्रमा अनमोलको अभिनय उत्कृष्ट रहेको बताउनु भयो । अभिनेत्री दीपाश्री निरौलाले चलचित्र अहिलेका चलचित्रहरु भन्दा धेरै नै फरक रहेको बताउनु भयो । चलचित्र रमाइलो र अनमोलको यस किसिमको अभिनय उत्कृष्ट रहेको बताउनु भयो । अभिनेत्री नीति शाहले चलचित्र निकै राम्रो लागेको बताउनु भयो । अभिनेता सलोन बस्नेत र सलिनमान बानियाँले पनि चलचित्र उत्कृष्ट रहेको प्रतिक्रिया दिनुभयो । सिनेमा फ्रेस रहेकाले सबैले मन पराउने बताउनु भयो । अभिनेत्री वर्षा शिवाकोटीले चलचित्र शुरुदेखि अन्तिमसम्म नै रमाइलो रहेको बताउनु भयो । अभिनेता सुशील श्रेष्ठले चलचित्र धेरै नै फरक र राम्रो रहेको बताउनु भयो । अभिनेत्री निता ढुंगाना र अभिनेता हरिहर शर्माले चलचित्रमा निर्माता र निर्देशकहरुले लोभ नगरीकन खर्च गरेको र फिल्म उत्कृष्ट बनेको बताउनु भयो । चलचित्रमा सबैकुरा नयाँ रहेकाले पनि राम्रो रहेको बताउनु भयो । अभिनेता अनमोल केसीले आफ्नै चलचित्रको प्रिमियरमा आफैँले सिट नपाएर बाहिर बसेको बताउनु भयो । अभिनेत्री जसिता गुरुङले चलचित्र कस्तो रहेछ भन्नेबारेमा सबैले प्रतिक्रिया दिन आग्रह गर्नुभयो । 


चलचित्र फर्की फर्कीलाई सुयोग गुरुङले निर्देशन गर्नुभएको छ । सुयोगकै कथा एवं पटकथा रहेको फिल्मको निर्मातामा ओमप्रकाश अग्रवाल हुनुहुन्छ । मनोज वली र रामु न्यौपाने सहनिर्माता, अरुण रिजाल एसोसियट निर्माता रहेको फिल्ममा मोती कार्की र अनिरूद्र गिरी कार्यकारी निर्माता हुनुहुन्छ । नरेन्द्र मैनालीको डिओपी रहेको फिल्मको सम्पादक सुरेन्द्र पौडेल हुनुहुन्छ । काफिया फिल्मस र कुबेर फिल्मले ‘फर्की फर्की’ लाई वितरण गर्नेछन् । फिलममा केसीसँगै जसिता गुरुङ, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको अभिनय रहेको छ । लभस्टोरी फिल्म बुद्ध जयन्तीको अवसर पारेर जेठ १० गते देखि प्रदर्शनमा आएको छ ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, जेष्ठ ३१, २०८१

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन