fbpx

नेपाली पुरुष कबड्डी टोलीले बाङ्गलादेशसँग अभ्यास खेल खेल्ने

author

समाचारपाटी

१ महिना अगाडि

मिसन २०२६ को तयारीमा रहेको नेपालको पुरुष कबड्डी टोलीले बाङ्लादेशमा घरेलु टोलीसँग पाँच खेलको अभ्यास खेल खेल्ने भएको छ । 
आगामी फागुन १० गतेदेखि १६ गतेसम्म बाङ्गलादेशको ढाकमा नेपालले पाँच खेलको अभ्यास खेल खेल्न लागेको हो । नेपालको पुरुष कबड्डी टोलीले सन् २०२६ मा हुने २० औं एशियन गेम्सको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुरु गरेको मिसन–२०२६ अन्तर्गत रहेर प्रशिक्षण गरिरहेको छ । सोही मिसन २०२६ अन्तर्गत पुरुष टोलीले बाङ्लादेशसँग अभ्यास खेल खेल्न लागेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले मंगलवार आयोजित एक कार्यक्रमका बीच अभ्यास खेलमा जाने नेपाली राष्ट्रिय पुरुष कबड्डी टोलीलाई बिदाइ गरे ।

सो अवसरमा राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक विष्ट, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा र महासचिव अरविन्द झा लगायत थिए । घनश्याम रोकामगरको कप्तानीमा रहेको १४ सदस्यीय पुरुष टोलीले बाङ्गलादेशसँग अभ्यास खेल खेल्नेछन् । अन्य खेलाडीमा सुशील चुनारा, प्रमोदकुमार श्रेष्ठ, अमितकुमार राजभार, मेघराज गिरी, नवीन लुहार, रविन कुँवर, सतिषकुमार कुर्मी, सुरोज बोहोरा, सोहिल इस्लाम, सविन बुहाजू, रामु टमटा, गणेश पार्की र भूवन बोहरा छन् । उनीहरूले लोकबहादुर विष्टले प्रशिक्षण गराउनेछन् ।

यो टोलीको म्यानेजरमा खेमराज चम्लगाईंका साथै संघका सदस्य निराजन श्रेष्ठ र नवराज श्रेष्ठ पनि बिहीवार बाङ्लादेश जानेछन् । नेपालले पहिलो दुई खेल लगातार फागुन १० र ११ गते खेल्नेछ । त्यसपछि तेस्रो खेल फागुन १३ र चौथो खेल फागुुन १५ गते खेल्ने तालिका छ । निर्णायक तथा पाँचौं खेल भने फागुन १६ गते खेल्दै नेपालले बाङ्लादेशसँगको अभ्यास खेल पूरा गर्नेछ । 
उक्त बिदाइ कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङले मिसन–२०२६ को तयारीका लागि आफूभन्दा बलिया टोलीहरूसँग धेरैभन्दा धेरै अभ्यास खेल्न राख्न संघलाई अनुरोध गरेका छन् । सदस्यसचिव घिसिङले जसरी पनि २०२६ को एसियन गेम्स पदक ल्याउने यो अभ्यास खेल महत्वपूर्ण पाइला रहेको उनले बताएका छन् । नेपालको पुरुष कबड्डी टोलीले ल्याएको अन्तर्राष्ट्रिय सफलताका आधार मिसन २०२६ मा समावेश भएको बताए ।


राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक विष्टले एसियन गेम्समा महिला कबड्डी टोलीले पदक ल्याएपछि पुरुष टोलीलाई पनि आगामी संस्करणमा पदक जित्न चुनौती रहेको धारणा राखे ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

पद्मकन्या क्याम्पसमा मतदान हुँदै

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन