fbpx

फुटबलर विशाल राई अष्ट्रेलिया प्रस्थान

author

समाचारपाटी

१ year अगाडि

नेपाली फुटबल खेलाडी विदेश पलायन हुने शृंखला जारी रहँदा मिडफिल्डर विशाल राई पनि अष्ट्रेलिया प्रस्थान गर्नुभएकाे छ ।राष्ट्रिय टिमका सदस्य समेत रहनुभएका विशालले मच्छिन्द्र फुटबल क्लबबाट ए डिभिजन लिग खेल्दै आउनुभएकाे छ ।

शुक्रबार मछिन्द्र क्लबका म्यानेजर अनिल श्रेष्ठ लगायत खेलाडीहरुले विशाललाई उज्ज्वल भविष्यको शुभकामनासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाई गर्नुभएकाे छ । म्यानेजर श्रेष्ठले विदाईको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएकाे छ ।

पछिल्लो समय नेपाली राष्ट्रिय टिममा खेलिसकेका र खेलिरहेकादेखि भविष्यमा खेल्न सक्ने युवा खेलाडीहरु पनि अष्ट्रेलिया गइरहेका छन् । नेपालका करिब ४० खेलाडी अहिले अष्ट्रेलियामा कम्युनिटी लिग खेलिरहेका छन् ।

नेपालमा नियमित खेल नहुने र भविष्य पनि अन्यौल हुने भन्दै खेलाडीहरु धमाधम विदेश पलायन भइरहेका छन् । फागुन १९ गतेदेखि ए डिभिजन लिग गर्ने भनेर सार्वजनिक गरिसके पनि खेलाडीहरु विदेश गइरहेका छन् ।

केही समयअघि मात्रै चर्च ब्वाइजमा अनुबन्ध भएका तेज तामाङ र दिनेश राजवंशी, संकटामा अनुबन्ध भएका गौतम श्रेष्ठ, खुमलटारमा अनुबन्ध भएका नितिन थापा मगर अष्ट्रेलिया जानुभएकाे थियाे ।


काठमाडौं

बुधबार, असार १३, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बजेट सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री

प्रधानमन्त्रीलाई काँग्रेस सांसदको प्रश्न : सत्ता ठूलो की मुलुक...

‘काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ’

‘सरकारी अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन