fbpx

‘नेपाली कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममूल्याङ्कन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्नेछ’:-महामन्त्रीद्वय गगन,विश्वप्रकाश

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीभित्र भएका गल्ती कमजोरीको ढाकछोप नगरी आत्मसमीक्षा गर्दै अबको बाटो तय गर्नुपर्ने बताउनुभएकाे छ ।

मेलमिलाप दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै उहाँहरुले प्रतिनिधिसभाको ठूलो दल हुँदा पनि प्रतिपक्ष बन्न पुग्दा पार्टीभित्र गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाएको बताउनुभएकाे छ । यो क्षणमा आग्रह, पूर्वाग्रहबाट मुक्त भएर समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको इमान्दार समीक्षा गर्नुपर्ने थापा र शर्माले बताउनुभएकाे छ ।

‘हाम्रो असावधानी, कमजोरी र गल्ती जो भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफलमार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने । नेपाली कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममूल्याङ्कन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्नेछ’ उहाँहरुले विज्ञप्तिमा भन्नुभएकाे छ ।

जनताको मतबाट पहिलो पार्टी भए पनि गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्‍याउन नसक्दा केवल सत्ताको राजनीतिमा मात्र यो पटक पछि परेको थापा र शर्माको निष्कर्ष छ । तैपनि कांग्रेसले बेइमानी नगरेको भन्दै उहाँहरुले भन्नुभएकाे छ , ‘हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौं कि निर्वाचनको बेला एउटा गठबन्धन र एउटा बाचाबन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तीमा हामीबाट भएन ।’

अब कांग्रेसले सरकारलाई गुण र दोषका आधारमा मूल्याङ्कन गर्ने र जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि उहाँहरुको भनाइ छ ।

थापा र शर्माले कांग्रेसमा विगतमा पनि यस्ता चुनौती र अप्ठेरा आइपरेको र त्यतिबेला सामना गरेर दृढतापूर्वक अघि बढेको भन्दै यसपटक पनि हताश हुने छुट नभएको बताउनुभएकाे छ । ‘बरु यसलाई पार्टीको शुद्धिकरण र पुनर्जागरणको नवीन अवसरमा बदल्ने जबर्जस्त तागत हामीले प्रस्तुत गर्नुछ’ उहाँहरुले विज्ञप्तिमा भन्नुभएकाे छ ।

कांग्रेस अलमलमा हुँदासम्म जनताको विश्वास फर्काउन नसकिने भन्दै उहाँहरुले अहिलेको परिस्थितिलाई शक्तिमा बदलेर पार्टीलाई पुनर्जागृत गर्नुपर्ने बताउनुभएकाे छ ।

त्यसका लागि अविलम्ब पार्टीको संरचना र संगठन गतिशील र चुस्त बनाउने, विधान अनुसार पार्टीका सबै संरचना र भातृ तथा सुभेच्छुक संस्थालाई पूर्णता दिने, पार्टीको केन्द्रदेखि टोल समितिसम्म जागरणका कार्यक्रम संचालन गर्ने, नीति महाधिवेशनबाट पार्टीको नीति योजना र कार्यक्रम तय गर्ने काम गर्ने थापा र शर्माले बताउनुभएकाे छ ।

‘बदलिएको कांग्रेस र बलियो कांग्रेसको सुस्पष्ट खाका निर्माण र अवलम्बन गर्न अब हामी हरेकले फेरि एकचोटी जुर्मुराउनुपर्नेछ’ उहाँहरुले विज्ञप्तिमा भन्नुभएकाे छ ।

onlinekhabar


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष...

नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर