fbpx

‘विधेयकलाई अघि सारौँ भन्नेमा सरकार पक्ष जबरजस्ती लाग्नुभएको हो, यो विवादास्पद विषय छ’:-सचेतक सुशिला थिङ

author

समाचारपाटी

११ महिना अगाडि


नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले सरकार सांसदहरुले उठाएको प्रश्नको जवाफ नदिइकन जबरजस्ती अघि बढेकाले संसद अवरोध गर्नु परेको बताउनुभएको छ । 


शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उपप्रधान एवं गृहमन्त्रीबिरुद्ध उजुरी परेको र छानबिन भइरहेको अवस्थामा प्रधानमन्त्रीसँग उहाँको नियुक्तिबारे जवाफ माग्दा सरकार पक्ष जबरजस्ती अघि बढेको बताउनु भयो । उहाँले संसद अवरोधलाई सरकारले जवाफदेहीता नदेखाउँदाको परिणामका रुपमा लिनुपर्ने बताउनु भयो । काँग्रेस लोकतान्त्रिक अभ्यासबाट नै अघि बढेको बताउनु भयो । भ्रष्टाचार र अनियमिततासम्बन्धी फाइलहरु सबै खोल्नुपर्ने र अपराधमा संलग्नहरुलाई कारबाही हुनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘विधेयकलाई अघि सारौँ भन्नेमा सरकार पक्ष जबरजस्ती लाग्नुभएको हो । यो विवादास्पद विषय छ, हामीले विगतको संसदमा पनि हेरेका छौँ । विगतमा पनि प्रश्न उठ्यो । त्यसमा अलिकति जवाफदेही तरिकाले सरकार नगएको हुनाले लोकतान्त्रिक अभ्यासबाट अघि बढेका हौँ । गैर लोकतान्त्रिक अभ्यासबाट गएका छैनौँ । फाइल कति वटा छ, तपाईहरुले सुन र पुनको पनि कुरा सुन्नुभयो होला नि । फाइल कति वटा ओपन गर्ने ? फाइल सबै यो देशमा ओपन गर्न सम्पूर्ण अहिलेका दल तयार छन् । २७५ जना माननीयहरु तयार हुनुहुन्छ ? काँग्रेस फाइल खोल्न तयार हुनुहुन्छ । मन्त्रीलाई बयान लिन अख्तियार कहाँ जान्थ्यो त्यो खोज्नुहोस् । फाइल सबैको खोलिनुपर्छ । अपराध र अन्याय गर्ने मान्छे उम्किनु हुँदैन ।’
उहाँले  अनियमितताका सबै फाइल खोल्न सबै राजनीतिक दल तयार हो ? भन्दै प्रश्नसमेत गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१८.६७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन