fbpx

विचाराधिन विधेयक आगामी अधिवेशनमा पारित हुनेगरी काम गर्न सांसदलाई काँग्रेसको आग्रह

author

समाचारपाटी

३ हप्ता अगाडि

नेपाली काँग्रेस संसदीय दलले संसदमा विचाराधिन विधेयकहरुलाई संसदको आउँदो अधिवेशनमा पारित गर्नेगरी काम गर्न पार्टीका सांसदहरुलाई आग्रह गरेको छ ।


बुधवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले ६ वटा समितिमा रहनुभएका सांसदहरुलाई यस्तो आग्रह गरेको हो । समितिमा रहेका विधेयकहरुको अवस्था र ति विधेयकहरु पारित हुन नसक्नुका कारणबमरे पार्टीका सांसदहरुसँग छलफल गरिएको पार्टीका सहमहामन्त्री जीवन परियारले बताउनु भयो । उहाँले विचाराधीन विधेयकका सन्दर्भमा संघीय संसदका अर्थ, शिक्षा, कानून, राज्य व्यवस्था, उद्योग र पूर्वाधार विकास समितिका सांसदहरुसँग छलफल गरेको बताउनु भयो । उहाँले समितिहरुमा १५ वटा विधेयकहरु विचाराधिन अवस्थामा रहेको उल्लेख गर्दै संसदको हिउँदे अधिवेशन शुरु हुँदासम्म सबै विधेयक टुंगोमा पुर्याउन सांसदहरुलाई आग्रह गरिएको बताउनु भयो । सांसदहरुले समितिमा विचाराधिन विधेयकहरु टुङ्गोमा पुर्याउन तदारुकताका साथ काम गर्ने प्रतिवद्धता जनाएको उहाँले बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘आज हामी संघीय संसदमा विचाराधीन विधेयकहरुको सन्दर्भमा के, कस्तो अवस्था छ । र ति विधेयकहरु समितिमा के कति कारणले पारित हुन सकेका छैनन् ? र आउँदो हिउँदे अधिवेशनमा समितिबाट समेत पारित गर्ने र हिउँदे अधिवेशनबाट विचाराधिन विधेयकहरुलाई अन्तिम टुंगोमा पुर्याउनका लागि नेपाली काँग्रेसले पार्टीका सांसदहरुसँग हामीले छलफल गरेका छौं । आज हामीले दुई चरणमा छलफल गरेका छौं । बिहान ११ बजे अर्थ समिति, शिक्षा समिति र कानून समितिका माननीय सदस्यहरुसँग छलफल गर्यौं भने आज दिउँसो २ बजे राज्य व्यवस्था समिति, उद्योग समिति र पूर्वाधार विकास समितिका माननीयज्यूहरुसँग छलफल गर्यौं । १५ वटा विधेयकहरु यी समितिहरुमा छलफलको क्रममा छन् । कतिपय विधेयकहरु अन्तिम टुंगोमा लाग्न लागेको र कतिपय विधेयकहरु छलफलकै क्रममा रहेको जानकारी प्राप्त भएको छ । हामीलाई के विश्वास छ भने समितिमा जतिसक्दो छिटो यी विधेयकहरुलाई अन्तिम टुंगोमा पुर्याएर संसदको अगामि अधिवेशनमा यी पन्ध्र वटै विधेयकहरु पारित गर्नको लागि हामीले माननीय सदस्यहरुसँग आग्रह गरेका छौं । उहाँहरुले पनि तदारुकताका साथ विधेयकमाथि समितिमा छलफल गरेर अन्तिम टुंगोमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 


गत बिहीवार सत्तारुढ दुई दल नेकपा (एमाले) र नेपाली काँग्रेस सम्मिलित कार्यदलले संघीय संसदमा विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पारित गराउने गरी काम गर्ने निर्णय गरेको थियो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, माघ ७, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन