fbpx

‘इलामले अब परिवर्तन खोजेको छ, विकासका बाँकी काम गर्न इलामले काँध फेर्न खोजेको छ’:-विश्वप्रकाश शर्मा

author

समाचारपाटी

३ महिना अगाडि

नेपाली काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनअघिको गठबन्धन गलत हुने बताउनुभएको छ । शनिवार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचन अघिको गठबन्धन गलत हुने अनुभव गरेर काँग्रेस अहिले एक्लै निर्वाचनमा भाग लिइरहेको बताउनु भयो । उहाँले इलामले अब परिवर्तन खोजेको पनि बताउनु भयो । उहाँले एउटाले अर्कोलाई गाली नगरी स्वस्थ आलोचना गरेर चुनाव लड्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘इलामले अब परिवर्तन खोजेको छ । विकासका बाँकी काम गर्न इलामले काँध फेर्न खोजेको छ । अब सुवास नेम्वाङज्युको युगबाट नयाँ युगमा जाँदै गर्दा एउटा बलियो काँध लिएर हिजो सुवास नेम्वाङसँग केवल ११४ मात्रै मतले उपविजेता भएको उम्मेदवार अब दुई हजार बढी मतले जितेर उहाँका कामलाई पूरा गर्ने संकल्प गर्नुहुनेछ । हामी राम्रोसँग चुनाव लडौँ । एउटाले अर्कोलाई गाली नगरी चुनाव लडौँ । स्वस्थ ढंगले आलोचना मात्रै गरिराखेर लडौँ । नेपाली काँग्रेस पार्टी एक्लै चुनावमा रुख चिन्ह लिएर खडा छ । यो एक्लै खडा भएको बेलामा त्यो दिन बिर्सिन मिल्दैन । हाम्रो अनुभवले के भन्यो भन्दा चुनावअघिको गठबन्धन गलत हुँदो रहेछ ।’

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुभएका डम्बर खड्काले पहिचानको मुद्दामा नेपाली काँग्रेसले पूर्ण रुपमा सहयोग प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नाम तोकिसकिएको कोशी प्रदेशलाई एक नम्बर प्रदेशको रुपमा अभिव्यक्त गर्दै आफूले पहिचानवादीको मुद्दा बोकेकाहरुको माग सम्बोधन गर्न भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई पत्र बुझाइसकेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘गुरुले मलाई पहिचानको मुद्दामा केही बोल्नुस् भनिसकेपछि मैले १४ वटै कोशी प्रदेशभरका सभापतिहरुलाई यहीँ बैठक बोलाएर एक नम्बर प्रदेशको नामावली सम्बन्धी पुनःविचार गरियोस् र नेपाली काँग्रेसले पहिचानवादी मुद्दा बोकेका साथीहरुको पनि सम्बोधन गरोस्, भनेर प्रेस विज्ञप्ती काठमाडौंमा लगेर लिखित दिएको छु । पहिचानवादीको मुद्दामा पनि नेपाली काँग्रेसले पूर्ण रुपमा सहयोग गर्नेछ ।’उहाँले निर्वाचनमा आफूलाई इलामका जनताले जिताउनेमा ढुक्क रहेको बतउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, साउन १, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन