‘विद्यालयमा अभिभावकको सहभागिता कम हुने विषय राजनीतिक असफलता हो’:- महामन्त्री गगन थापा

author

समाचारपाटी

१ year अगाडि

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सामुदायिक विद्यालयमा अभिभावकको सहभागिता गराउन नसक्नु राजनीतिक असफलता भएको बताउनुभएको छ । 


आईतवार सामुदायिक विद्यालय व्यवस्था समिति महासंघको स्थापना दिवसको अवसरमा काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले विद्यालयमा अभिभावकको सहभागिता कम हुने विषय राजनीतिक असफलता भएको दाबी गर्नुभयो । उहाँले राजनीतिक दलको भोटर खाने पानी,सडक,ढल निर्माणका विषयमा कति बजेट आयो,ठेक्का लाग्यो÷लागेन भनेर छलफल र चासो व्यक्त गर्ने तर सामुदायिक विद्यालयका छलफलमा नजाने गरेको बताउनु भयो । उहाँले अभिभावकलाई राजनीतिक दलहरुले पनि सचेत गराउन नसक्नु राजनीतिक असफलता भएको उल्लेख गर्नुभयो । उहाँले सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाका अभिभावकलाई विद्यालय व्यवस्थापनमा सक्रिय सहभागिता गराउने गरी विद्यालय शिक्षा विधेयक ल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले विद्यालय शिक्षा विधेयकमा अभिभावकको सहभागिता धेरै कसरी बढाउने र दलियकरण हुन नदिने कुरामा विशेष रुपमा छलफल गर्न जरुरी रहेको बताउनु भयो । महामन्त्री थापाले विद्यालय शिक्षालाई निःशुल्क बनाउँदै गर्दा विद्यालयलाई अतिरिक्त स्रोत व्यवस्थापन गर्न पाउने ढोका ऐनमा खुला छोड्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले विद्यालयले अभिभावक वा अन्य पूर्वविर्थीहरुले विद्यालयको लागि स्वेच्छाले सहयोग गर्ने कुरामा खुला छोड्नुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो,‘सरकारले कानून बनाएको छ । विद्यालय शिक्षा निःशुल्क हो । एक पटक ठूलो रकम खर्च गरेर भए पनि शिक्षकको विषय टुंग्याउनुपर्छ । त्यसपछि विद्यालयहरु क्रेटिभ हुन्छु इभल हुन्छ भन्ने कुराका सन्दर्भमा शिक्षा निःशुल्क राख्दै गर्दा विद्यालयले अतिरिक्त स्रोतको व्यवस्थापन गर्ने कुराको ढोका खुला राख्नुपर्छ कि पर्दैन । खोल्दा बिग्रेला र ? विचार गर्ने हो की ? मैले स्वइछिक रुपमा पूर्वविद्यार्थीहरुबाट पैसा लिन्छु । वा अभिभावक कसैले विद्यालयलाई सहयोग गर्छ भने लिन्छु । कसैले अग्रेजी,गणित र विज्ञानको शिक्षक राखेर गछु तर त्यसको लागि यसरी जाने भन्ने कुरा ढोका बन्द गर्ने हो त ? त्यसमा पनि खुला छाड्नुपर्छ भन्ने लागेको विषय हो । कसैले विद्यालयलाई घर परिवार भन्दा पनि बढी खटेर काम गरेको हुन्छ । पूरै ज्यान दिएर विद्यालयको काम गरेको पाउछु । कतै भने पूरै हाम्रो पार्टीको हो भनेर भोटा हाल्दै नाच्दै गरेको पाइन्छ । शिक्षक पनि सबै खालका छन् । यसलाई नछुट्याउनु हुँदैन । सवल पक्षहरु पनि छ । नियतका कुरामा कसैले जिम्मेवारी लिएर हुँदैन । विधि बनाउने कुरामा अहिलेसम्म भएको गलत अभ्यासका बारेमा कहाँ– कहाँ रोक्ने हो । विद्यालय शिक्षा विधेयकमा अभिभावकको सहभागिता धेरै कसरी बढाउने र सँगै दलियकरण हुन नदिने कुरामा विशेष रुपमा छलफल गरौैं । विद्यालयमा अभिभावकको सहभागिता कम हुने विषय राजनीतिक असफलता हो । ढल,खानेपानी,सडक बनाउने कुरामा सहभागिता जनाउँछ । तर त्यही मान्छे विद्यालयमा ल्याउन सकिएको छैन । किन ?’

उहाँले सामुदायिक विद्यालयका शिक्षकहरुको विवादलाई राज्यले रकम खर्च गरेर भएपनि समाधान गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन