fbpx

काँग्रेसको एक सय दिने विशेष अभियान पोखरा ३३ मा पाँचौ दिन पनि

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा। नेपाली काँग्रेसले पोखरा महानगरपालिका वडा नं ३३ मा पाँचौ दिन पनि पार्टीको एक सय दिने विशेष अभियान जारी राखेको छ । सो वडाको बरपौवामा आयोजित कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले देश र जनता नै काँग्रेसको प्राथमिकता भएको बताउनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, वडा सदस्य दुर्गा के.सी, नेपाली काँग्रेस कास्कीका आमन्त्रित सदस्य भोजराज आचार्य, नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं ३३ का वडा कार्यसमिति सभापति तिलक अधिकारी लगायतले बोल्नुभएको थियो ।

अभियानका क्रममा स्थानीय आवश्यकता र जनभावनालाई नजिक बाट बुझ्ने प्रयास गरिएको सो वडाका लागि पार्टी प्रतिनिधि सदस्य प्रकाशचन्द्र सापकोटाले जानकारी दिनुभयो । नेपाली काँग्रेस बरपौवा टोल कार्यसमितिका सभापति कृष्ण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम वडा कार्य समितिका सचिव हरिराम पौडेलले संचालन गर्नुभएको थियो ।

अभियानका क्रममा सो वडाका अग्रज नेता देवी बहादुर शाहीको निधन भएकोमा दुःख व्यक्त गर्दै शोक सभा पनि गरिएको छ ।
शोक सभा नेपाली काँग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाट, सहसचिव एवं प्रवत्ता नवीन सिग्देल, वडा कार्यसमिति सभापति तिलक अधिकारी र स्थानीय रामजी प्रसाद आचार्य लगायतले बोल्नुभएको थियो । 


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१८.६७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन