fbpx

नेपाली काँग्रेसका योद्धा काँग्रेस बुढा दिल बहादुर गरुङको निधन

author

समाचारपाटी

२ महिना अगाडि

पोखरा । नेपाली काँग्रेसका योद्धा एवं प्रजातन्त्र सेनानी काँग्रेस बुढा दिल बहादुर गरुङको आज बिहान १०२ बर्षको उमेरमा निधन भएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले गरुङको पार्थिव शरीरमा आज पोखराको रामघाटस्थित बौद्ध अर्घौसदनमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

श्राद्धञ्जली अपर्ण गर्दै काँग्रेस नेता जोशीले शताव्दी पुरुष स्व.गुरुङ नेपाली काँग्रेसको मात्र नभई सबै पार्टी र समुदायको साझा नेताका रुपमा रहनुभएको स्मरण गर्नुभयो । नेपाली काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभासदस्य समेत रहनुभएका स्व.गुरुङको निधन प्रति दुख व्यक्त गर्दै जारी गर्नुभएको शोक विज्ञप्ति नेता जोशीले पढेर सुनाउनुभएको थियो ।

पर्वत जिल्ला साविक आर्थरडाँडा घर भई हाल पोखरा महानगरपालिका शिवालयचोक बस्दै आउनुभएका स्व.गुरुङ नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता एवं काँग्रेस बुढाका नाममा प्रख्यात हुनुहुन्थ्यो । उहाँ तत्कालीन समयमा गाउँ पञ्चायतको संरचना सुरु भएपछि पाँच पटकसम्म वडा अध्यक्ष भएर काम गर्नुभयो भने तत्कालीन स्याङ्जा जिल्ला पञ्चायतको सदस्य समेत रहेर काम गर्नुभएको थियो ।

२०३२ सालपछि सो गाउँ पर्वत जिल्लामा समाहित भएको थियो भने अहिले कुश्मा नगरपालिका वडा नं १४ मा पर्दछ । स्व.गुरुङ नेपाली काँग्रेस पर्वत जिल्ला आर्थरडाँडाखर्कको संस्थापक एवं नेपाली काँग्रेस पर्वतको सदस्य भएर काम गर्नुभएको थियो ।

राजनीति रुपमा चेतना भएमात्र हरेक क्षेत्रको बिकास गर्न सकिन्छ र विभिन्न जातजातिको अधिकार स्थापित गर्न सकिन्छ भन्ने मान्यताका साथ राजनीतिमा लाग्नुभएका गुरुङ बौद्धिक एवं राजनीतिक विचारकका रुपमा चिनिनुभएको कुश्मा नगरपालिका वडा नं १४ का वडाअध्यक्ष रुद्रमोहन रिमालले बताउनुभयो ।

स्व.गुरुङले पञ्चकोशी मा.वि लगायत अन्य प्रा.वि विद्यालयको संस्थापक भएर गाउँमा शिक्षाको ज्योति फैलाउन योगदान पुर्याउनुभएको थियो । उहाँको एक श्रीमति, ३ छोरा, ३ बुहारी, ६ छोरी, ९ नाति, ११ नातिनी, ६ पनाती, र ३ पनातिनी हुनुहुन्छ ।जेठो छोरा सु.इन्द्र बहादुर गुरुङ, माईला छोरा यम बहादुर गुरुङ र कान्छा छोरा शेर बहादुर गुरुङ हुनुहुन्छ । कान्छा छोरा शेर बहादुरले एस.के साउण्ड एण्ड भिजनको नामबाट पोखरामा व्यवसाय गरिरहनुभएको छ ।

शताव्दी पुरुष स्व.गुरुङको शवयात्रामा पञ्चकोशी समाज, आर्थरडाँडाखर्क, विभिन्न तमु समाज, पोखरामा बसोबास गर्ने पर्वतबासी, काँग्रेस पर्वतका नेता, कास्की काँग्रेसका नेता तथा अन्य राजनीतिक पार्टीका नेता कार्यकर्ता, छिमेकी र आफन्तजनहरुको बाक्लो सहभागिता रहेको थियो ।


काठमाडौं

आइतवार, माघ १३, २०८१

११.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक