fbpx

एक दशकपछि अष्ट्रेलियाका ५ शहरमा मह जोडीको भव्य रुपमा महजात्रा सम्पन्न

author

समाचारपाटी

२ दिन अगाडि

अष्ट्रेलिया । नेपाली हाँस्य क्षेत्रका मह जोडीले एक दशकपछि अष्ट्रेलियाका ५ शहरमा भव्य रुपमा महजात्रा सम्पन्न गरेका छन्। पर्थबाट सुरु भएको जात्रा राजधानी क्यानबेरा, सिड्नी, एडिलेड हुँदै मेलबर्नमा सम्पन्न भएको हो। यात्रामा मह जोडीलाई कुन्ती मोक्तान, शिला बहादुर मोक्तान, किरण केशी, नरेन्द्र कंशाकार र रसिला आचार्यले साथ दिएका थिए।

स्थानीय शहरहरुमा त्यहाँ क्रियाशील नेपाली कलाकारहरुले पनि साथ दिएका थिए। साउथ अष्ट्रेलियाको राजधानी एडिलेडमा आयोजित कार्यक्रममा ह्विलचियरमा मदन कृष्ण सहितको टोली प्रवेश गर्दा दर्शकहरुले उठेर सम्मान दर्शाएका थिए। ​​​​​​​पार्किन्सनले अस्वस्थ रहेका श्रेष्ठले आफ्ना सदावहार गीतहरु फुलबुट्टे सारी, एउटा सपना छ तिमीलाई माया गर्ने सहित प्रहशन प्रस्तुत गरेका थिए। दर्शकहरुले दर्शाएको मायामा भावुक हुँदै श्रेष्ठले धेरै सम्मान र मायाले आफूमा ऋण थपिएको बताउनुभएकाे थियाे।

हरिवंश आचार्यले एकल प्रहसनमार्फत मःमको महिमा भन्दै सामाजिक व्यंग्य पस्किनुभएकाे थियाे। उहाँले उपाध्याय मस्म सेन्टरको उद्घाटनले नेपाली राजनीति क्षेत्रमा देखापरेका विकृति र विसंगतिलाई उजागर गर्ने प्रयास गरिएको थियो। महसहित किरण केशी र नरेन्द्र कंशाकारले होलबडी चेकअपको माध्यमबाट नेपाली स्वास्थ्य क्षेत्रका बारेमा गतिलो समसामयिक व्यंग्य गरेका थिए। होलबडी चेकअपले नेपालमा मौलाएको निजी अस्पतालहरुको मनपरितन्त्र तिखो प्रहार गरेका थिए।

कुन्ती मोक्तान र शिला बहादुर मोक्तानले आफ्ना सदाबहार खुट्टा तान्दै गर, माथि माथि शैलुंगेमा सहितका गीत प्रस्तुत गरेका थिए। कार्यक्रमको समापन पछि हरिवंश आचार्यले दर्शकहरुको मायाले नै नयाँ नयाँ प्रहसन सहित दर्शकहरु माझ आउने गरेको बताउनुभयाे। एडिलेडमा कार्यक्रमको संयोजन गरेको एसके ईभेन्टका निर्देशक कमल थापा मगरले दर्शकहरुको मह प्रतिको सम्मान देखेर आफुहरु भावुक भएको र दर्शहरुको भव्य उपस्थितिले थप पुष्टि गरेको बताउनुभयाे।

मह जात्रा सिड्नीको महत्वपुर्ण मानिने स्टेट थिएटरमा भएको थियो। भने एडिलेडको क्याप्री थिएटरमा पहिलो पटक नेपाली समुदायको कार्यक्रम आयोजना भएको थियो। अष्ट्रेलियामा रहेका नेपाली पत्रकारहरु संस्था एन्जा अध्यक्ष चिरञ्जीवि देवकोटाले नेपालबाट हिँड्नु अगाडिको प्रेस मिटमा बोलेका विषयमा सामाजिक सञ्जालमा आलोचना खेपिरहेका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई हेर्न आएका दर्शकहरुको प्रतिक्रिया र उपस्थितिले भने फरक दृश्य सञ्चारित गरिरहेको बताउनुभयाे। उहाँले अष्ट्रेलियामा उहाँहरु प्रति रहेको सम्मान र दर्शकको मायामा कुनै कमी नआएको देख्न पाएको बताउनुभयाे।

महजात्रा अष्ट्रेलियाको संयोजन गरेको सोलाङचरका निर्देशक नोर्गेन नोर्बुले कार्यक्रमहरु सबै शहरहरुका सोचे भन्दा राम्रो भएको बताउनुभयाे। उहाँले २०१४ मा आफूहरुले आयोजना गर्दा पाएको मह प्रतिको सम्मान यस पटक पनि देखिएको बताउनुभयाे। मह जोडीले अब न्युजिल्यान्डका दुई शहरमा आफ्नो प्रस्तुति दिनेछन्। १५ जुनमा अकल्याण्डमा र २२ जुनमा क्राईष्टचर्चमा महजात्रा आयोजना हुँदैछ।

annapurnapost

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

बिहिबार, जेष्ठ ३१, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन