fbpx

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास काठमाडौंको छाउनीमा सुरु

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्याससमेत काठमाडौंको छाउनीमा सुरु भएको छ । उक्त अभ्यासमा नेपाली सेनाका ३५ र अमेरिकी सेनाका १९ को सहभागिता छ । 

आगामी माघ २० गतेसम्म सञ्चालन हुने अभ्यास छाउनीका साथै नगरकोटमा गरिने नेपाली सेनाले जनाएको छ । उक्त खाले अभ्यासले विपद्को खोज तथा उद्धारमा सहयोग पुग्ने विश्वास गरिएको छ । यो अभ्यासको १२औँ शृङ्खला भएको जनाइएको छ ।

केबलकार उद्धार अभ्यास

नेपाली सेनाले केबलकारसँग सम्बन्धित सम्भावित दुर्घटनाहरूलाई दृष्टिगत गरी त्यसको पूर्वतयारीका लागि चन्द्रागिरिमा केबलकार उद्धार अभ्यास गरेको छ । 

चन्द्रागिरि हिल्स् लिमिटेडसँग सहकार्य गरी सेनाले चन्द्रागिरिमा सफल केबलकार उद्धार अभ्यास गरेको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । विविध कारणले केबलकार रोकिन गई फसेका यात्रुहरूलाई डोरीद्वारा सुरक्षितरूपमा जमिनमा उतार्ने अभ्यासमा नेपाली सेनाका उद्धारकर्ता र चन्द्रागिरि हिल्स् लिमिटेडका उद्धार टोली सहभागी थिए ।  

उक्त केबलकारसँग रहेका उद्धार सामग्री र नेपाली सेनासँग रहेका उद्धार सामग्रीको प्रयोग गरी  सोमबार अभ्यास सञ्चालन भएको थियो । सोक्रममा उद्धारकर्ताहरुबाट घाइते तथा सकुसल मानिसलाई विभिन्न तरिकाले जमिनमा उतार्ने अभ्यासहरु गरिएको थियो । 

उक्त अभ्यासमा नेपाली सेनाको तर्फबाट राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालय, श्री नं १ विपद् व्यवस्थापन गण, तथा युद्धभैरव गणबाट अधिकृतसहितको टोली सहभागी भएको थियो । अभ्यासमा विपद् व्यवस्थापन निर्देशक सहायक रथि डा पदमबहादुर बुढालगायतको उपस्थिति थियो । 

यस किसिमको अभ्यासबाट केबलकारसँग सम्बन्धित दुर्घटना घटेको अवस्थामा छिटो र प्रभावकारी उद्धारकार्यका लागि फौजलाई सक्षम तुल्याउन र भविष्यमा हवाई साधनको समेत प्रयोग गरी जटिल प्रकारको केबलकार उद्धार अभ्यास सञ्चालनका लागि योजना तयार गर्नसमेत मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ । 

annapurnapost


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२३.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...