fbpx

अष्ट्रेलियाका विश्वविद्यालय र शैक्षिक संस्थाहरूलाई सोझै नेपाली बिद्यार्थीहरु

author

समाचारपाटी

२ years अगाडि

अष्ट्रेलियाका विश्वविद्यालय र शैक्षिक संस्थाहरूलाई सोझै नेपाली बिद्यार्थीहरु र अबिभावकहरुको सम्पर्कमा ल्याउने
प्रयत्न स्वरुप डेस्टिनेशन अष्ट्रेलियाको शुरुवात भएको छ । अष्ट्रेलियाका विश्वविद्यालय र नेपाली बिद्यार्थीबीचको पुलको
काम गर्नको लागि यसको सुरुवात गरिएको हो ।

जुपिटर मिडियाले राजधानीमा टेलिभिजन कार्यक्रम प्याकेज डेस्टिनेशन अष्ट्रेलियाको शुरुवात गरेको हो । काठमाडौँको मेरियट होटेलमा एक भव्य कार्यक्रमकाबीच प्याकेज डेस्टिनेशन अष्ट्रेलियाको शुरुवात गरिएको हो । नेपालका लागि अस्ट्रेलियाली राजदुत फेलिसिटी भोल्क लगायत अन्य विभिन्न पेशमा आबद्ध व्यक्तिहरुकाबीच उक्त कार्यक्रमको शुरुवात गरिएको थियो।

कार्यक्रममा डेस्टिनेशन अष्ट्रेलियाबारे जानकारी दिने उद्देश्यले एउटा सानो श्रव्य–दृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो ।
श्रव्य–दृश्य अवलोकन गर्दै कार्यक्रमकी मुख्य अतिथि राजदुत भोल्कले डेस्टिनेशन अष्ट्रेलिया कार्यक्रमले अस्ट्रेलियाको शैक्षिक प्रणालीका बारे यथार्थ जानकारी दिने विश्वास गर्नुभयो। राजदुत भोल्कले अस्ट्रेलियाको शैक्षिक संस्थान र नेपालका विद्यार्थीहरुबीच डेस्टिनेशन अष्ट्रेलिया कार्यक्रमले एउटा पुलको काम गरेको र जुपिटर मिडियाको यो प्रस्तुति सम्भवतः नेपालको पहिलो भएको बताउनु भयो ।

कार्यक्रमा स्वागत मन्तव्य राख्दै जुपिटर मिडियाका अध्यक्ष प्राध्यापक राजु आचार्यले डेस्टिनेसन अस्ट्रेलिया कार्यक्रम
एक उत्कृष्ट शैक्षिक कार्यक्रम बनेकोमा खुशी व्यक्त गर्दै विभिन्न शैक्षिक संस्थान र परामर्श केन्द्रको साथ र सहयोग
निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो। प्राध्यापक आचार्यले विद्यार्थीहरुको शैक्षिक र पेशागत जीवनको स्तर बढाउन यो
कार्यक्रम एउटा कोशेढुंगा साबित हुने भनाइ राख्नु भयो ।

कार्यक्रममा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय शैक्षिक तथा सामाजिक संघ संस्थानका पदाधिकारी र प्रतिनिधिहरुले
डेस्टिनेशन अष्ट्रेलिया कार्यक्रमको सफलताको शुभकामना दिंदै आगामी दिनमा पनि जुपिटर मिडियाले यस्तै शैक्षिक
उपयोगी सामग्री प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन दिंदै जुपिटर मिडियाका निर्देशक सुनिल आचार्यले डेस्टिनेशन अष्ट्रेलिया
कार्यक्रमले अस्ट्रेलिया गएर उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
जुपिटर मिडिया संधै नेपालको शैक्षिक क्षेत्रको स्तारोन्नतीका लागि तत्पर रहेको बताउंदै निर्देशक आचार्यले आगामी
दिनमा जुपिटर मिडिया अझ सशक्त रुपमा अघि बढ्ने बताउनु भयो ।


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...