नेपाली श्रम बजारमा विदेशी कामदार प्रवेशले रोजगार क्षेत्रमा समस्या आएको ट्रेड युनियनहरुले बताएका छन् । सोमवार संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) ले आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै ट्रेड युनियनका प्रतिनिधिहरुले यस्तो बताएका हुन् । नेपाली श्रम बजारमा विदेशी कामदार प्रवेश गर्दा नेपाली श्रमबजारमा जटिल अवस्थामा पुगेको दाबी ट्रेड युनियनहरुले गरेका छन् । ट्रेड युनियनहरुले नेपाली श्रमबजार अनौपचारिकतातिर जाँदा श्रम बजारमा विविध खालका समस्याहरु उत्पन्न भएको कारण श्रम बजार कमजोर हुँदै गएको बताए । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को अध्यक्ष योगेन्द्रकुमार कुँवरले पछिल्लो समय बाहिरबाट मजदुरहरु ल्याउने कारणले गर्दा रोजगार क्षेत्रमा समस्या आएको बताउनु भयो । उहाँले नेपाली श्रम बजार अनौपचारिकरण हुँदै गएको पनि उल्लेख गर्नुभयो । उहाँले पछिल्लो श्रम बजारमा देखिएका समस्याका कारण ट्रेड युनियनहरुको लागि डरलाग्दो परिस्थिति बनेको बताउनु भयो । उहाँले श्रम ऐनमा भएका व्यवस्थाहरुलाई गलत व्याख्या गरेर रोजगारदाताहरुले करार गर्दा पनि सरकार मुकदर्शक भएर बस्ने काम गरेको आरोप लगाउनु भयो । उहाँले ट्रेड युनियनको उपस्थिति पनि कमजोर बन्दै गएको बताउनु भयो । उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत ट्रेड युनियन आन्दोलन कमजोर हुँदै गएको दाबी गर्नुभयो । उहाँले विश्वको नेतृत्व विगहाउसहरु र कम्पनीहरुले नियन्त्रणमा लिँदा सरकारहरु नै ठूला रोजगारदाताहरुको चंगुलमा डुबेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘पछिल्लो समय बाहिरबाट मजदुरहरु ल्याउने कारणले गर्दा रोजगार क्षेत्रमा समस्या आएको छ । नेपाली श्रम बजार अनौपचारिकरण हुँदै गएको छ । श्रम बजारमा विविध खालका समस्याहरु देखापरेका कारण श्रम बजार कमजोर हुँदै गएको छ । पछिल्लो समय ट्रेड युनियनहरुको लागि डरलाग्दो परिस्थिति बनेको छ । श्रम ऐनमा भएका व्यवस्थाहरुलाई गलत ब्याख्या गरेर रोजगारदाताहरुले करार गर्दा पनि सरकार मुकदर्शक भएर बस्ने काम गरेको छ । त्यसले झन जटिल बन्ने अवस्था छ । ट्रेड युनियनको उपस्थिति पनि कमजोर बन्दै गएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ट्रेड युनियन आन्दोलन कमजोर हुँदै गएको छ । विश्वको नेतृत्व विगहाउसहरु र कम्पनीहरुले नियन्त्रणमा लिँदै गइरहेको छ । सरकार ठूला रोजगारदाताहरुको चंगुलमा छ । त्यो अवस्थामा ट्रेड युनियनको अडानलाई शो गर्न सकेका छैनौ । थप कमजोर बन्दै गएका छौं ।’
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा ट्रेड युनियन आन्दोलन अहिलेसम्म मजदुरको पक्षमा भएका कामले सकारात्मक रुपमा अगाडी बढेको बताउनु भयो । उहाँले ट्रेड युनियन आन्दोलनबाट श्रमिकवर्गको हक हित र सामाजिक सुरक्षा क्षेत्रमा सकारात्मक सुधार गरेको बताउनु भयो । उहाँले ट्रेड युनियन आन्दोलनबाट भएका उपलब्धीहरु सकारात्मक रहेको बताउनु भयो । उहाँले सामाजिक सुरक्षाको क्षेत्रमा थप सुधार भएमात्रै श्रमिक वर्गले न्याय पाउने अपेक्षा रहेको बताउनु भयो । उहाँले मन्त्री परिवर्तन हुँदा सामाजिक सुरक्षा कोषका कर्मचारी र सञ्चालक परिवर्तन हुने व्यवस्था राख्न नहुने ट्रेड युनियनको माग रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘नेपालमा ट्रेड युनियन आन्दोलन अहिलेसम्म मजदुरको पक्षमा भएका कामले सकारात्मक रुपमा अगाडी बढेको छ । ट्रेड युनियन आन्दोलनबाट केही गर्न सकेनौं भन्ने अवस्था छैन । सकारात्मक दिशामा सोच्नुपर्छ । सामाजिक सुरक्षाको क्षेत्रमा थप सुधार भए मात्रै श्रमिक वर्गले न्याय पाउने अपेक्षा छ । सामाजिक सुरक्षा कोषमा मन्त्री परिवर्तन हुँदा कर्मचारी र सञ्चालक परिवर्तन हुने व्यवस्था राख्न हुँदैन भन्ने माग हो । ट्रेड युनियनहरुलाई इगनोर गरिन्छ भने त्यसलाई पनि चल्न नदिने खालको आन्दोलन गर्न तयार छौं ।’
उहाँले ट्रेड युनियनहरुलाई इगनोर गरेर व्यवस्था परिवर्तन भए चल्न नदिने खालको आन्दोलन गर्न तयार रहेको बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल