काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत यूएईसँगको खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान रोहित पौडेलले बलिङ रोजेका हुन् ।
विश्वकप टी–ट्वान्टी छनोटको तयारीस्वरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स यूएई सहभागी छन् ।
नेपालले भोलि र कात्तिक ४ गते हङकङसँग खेल्नेछ भने कात्तिक ६ गते यूएईसँग दोस्रो खेल खेल्नेछ । यस्तै, यूएई र हङकङले भने कात्तिक ५ र ८ गते खेल्नेछन् ।
डबल राउन्ड रोविनमा हुने सिरिजको शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन्। प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हुनेछ । अन्य खेलहरू मूलपानी क्रिकेट मैदानमा नै हुनेछन् ।
Nepal won the toss and bowled firstत्रिदेशीय टी–२० शृङ्खलानेपालले टस जित्यो