fbpx

खानेपानी संस्थानको महाप्रवन्धक पदमा अर्जुनबाबु ढकाल नियुक्त

author

समाचारपाटी

४ हप्ता अगाडि

सरकारले नेपाल खानेपानी संस्थानको महाप्रवन्धक पदमा अर्जुनबाबु ढकाललाई नियुक्त गरेको छ । फागुन ६ गते बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बिहीवार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मन्त्रिपरिषदले एउटै कामका लागि स्थापना भएका अलगअलग संरचना गाभ्ने वा खारेज गर्नेबारेमा सुझाव कार्यान्वयन उच्च स्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले फागुन १२ गते हुने संयुक्त  राष्ट्रसंघीय मानव अधिकार परिषदको ५८ औँ  नियमित बैठकमा सहभागिताका लागि हुने परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण पनि स्वीकृत गरेको छ । सरकारले आगामी वर्ष २०८२ को वर्षभरी दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धाणका विषयमा पनि स्वीकृत गरेको बताउनु भयो । सरकारले औद्योगिक व्यावसाय पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गरेको छ । 
फागनु ६ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु ः
१. सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५, उच्चस्तरीय  आर्थिक सुधार सुझाव आयोग २०८१, एउटै प्रकृतिका कामका लागि स्थापना भएका अलग अलग संरचना गाभ्ने, आरेज गर्ने वा हस्तान्तरण गर्ने सम्बन्धी अध्ययन प्रतिवेदन २०८१ ले सिफारिस गरेका सुझावहरुको कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यान्वयन उच्च स्तरीय कार्यदल गठन गर्ने । 
४. नेपाल खानेपानी संस्थानको महाप्रवन्धक पदमा अर्जुनबाबु ढकाल (गोरखा) लाई नियुक्त गर्ने,
५.नेपाल प्रहरीको अतिक्ति प्रहरी महानीरिक्षक रविन्द्र केसीको राजीनामा स्वीकृत गर्ने
६. संयुक्त  राष्ट्रसंघीय मानव अधिकार परिषदको ५८ औँ  नियमित सत्र अन्तर्गत २०८१ फागुन १२ देखि १४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने हाइ लेवल सेगमेन्टमा सहभागी हुन माननीय परराष्ट्रमन्त्रीको भ्रमण स्वीकृत गर्ने,
७.नेपाल सरकारको नाममा दर्ता रहेको सरकारी जग्गा प्रसुती गृह निर्माण, स्वास्थ्य चौकी भवन निर्माण, वडा कार्यालय भवन निर्माण र आयुर्वेद औषधालय भवन निर्माणका लागि मायादेवी गाउँपालिका रुपन्देहीलाई प्रयोग गर्न स्वीकृति दिने,
८.नेपाल सरकारको नाममा दर्ता रहेको सार्वजनिक प्रकृतिको जग्गा जिल्ला प्रहरी कार्यालय रुकुमकोटका लागि प्रयोग गर्न स्वीकृती दिने,
९. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रश्तावमा नेपाल सरकारको नाममा दर्ता भएको सार्वजनिक प्रकृतिको जग्गा बहुउद्देशीय पोलि टेक्निकल इन्ष्टिच्युट व्यावसायिक प्रशिक्षण केन्द्रको भवन निर्माण प्रयोजनका लागि श्रम रोजगार तथा सामाजिक मन्त्रालयलाई प्रयोग गर्न दिने,
१०. पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयको प्रश्तावमा नेपाल सरकार र ओमान सरकारबीच हुने पर्यटन क्षेत्रमा सहयोगको आदानप्रदान सम्बन्धी समझदारीमा भएको हस्ताक्षरलाई स्वीकृत दिने, 
११. नेपाल र संयुक्त राज्य अमेरिकाबीच हुने पुरातात्विक र समुदायको सांस्कृतिक विषयमा सम्बन्धित सामग्रीहरुको ओसार प्रसार तथा आयात प्रतिवन्ध सम्झौता स्वीकृत गर्ने,
१२. जर्मनीको बलिनमा आयोजना हुने पर्यटन मेला इन्टरनेश्नल टुरिजम बोड्र्स आइटिभी बर्लिन २०२५ र फ्रान्समा आयोजना हुने ७५ औँ अन्नपूर्ण दिवसमा फागुन २० देखि २४ गतेसम्म सहभागी हुन पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई स्वीकृति दिने, 
१३. मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने,
१४ औद्योगिक व्यावसाय पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने,
१५.विक्रम संवत् २०८२ साल बैशाख १ गतेदेखि चैत्र मसान्तसम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशत गर्ने ।   


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२४.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

कांग्रेसमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

आरआरमा अनेरास्ववियुले ताला लगायो, स्ववियु निर्वाचन स्थगित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...