fbpx

नेपाल भलिबल लिग (एनभिएल) मा ६ फ्रेन्चाइज टोली

author

समाचारपाटी

४ हप्ता अगाडि

पहिलोपल्ट नेपालमा हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज प्रतिस्पर्धा नेपाल भलिबल लिगमा ६ टोली हुने भएका छन् ।
नेपाल भलिबल लिग (एनभिएल)को आयोजक केडिया ग्रुपले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै एनभिएलमा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहने जनाएको हो । एनभिएलको लोगो सार्वजनिकका अवसरमा आयोजकले फ्रेन्चाइज टोलीको सहभागिता संख्याबारे उल्लेख गरेको थियो । प्रत्येक फ्रेन्चाइज टोलीमा कुल ९ जना नेपाली खेलाडी हुने भएका छन् । सिंगल राउन्ड रोविनका आधारमा ९ दिन हुने प्रतियोगितामा कुल १६ खेल हुनेछन् । प्रतियोगिताको मिति र टोली भने चाँडै सार्वजनिक गरिने आयोजकले बताएका छन् । 

उक्त अवसरमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नीजि क्षेत्रले नेपाली खेलकुदमा गरिरहेको चासो र लगानीप्रति प्रसंशा गरे । साथै मन्त्री चौधरीले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ निर्माणमा उपसंयोजकको भूमिका खेलेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठल आपैंm ऐन विपरीत काम संलग्न हुँदै अदालतको समेत अपहेलना गरेकाले कारबाही गर्ने चेतावनी दिए । उनले ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठलाई सहयोग गर्ने सबै खेल संघलाई पनि कारबाहीको दायरा ल्याउन सक्ने बताएका छन् । 

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नीजि क्षेत्रको लगानीसँगै फ्रेन्चाइज आयोजनाका लागि राम्रो पूर्वाधार निर्माण गर्न आफूहरूलाई पनि जिम्मेवारी थपिएको बताएका छन् । उनले क्रिकेट, कबड्डीपछि पुरुष भलिबलको पनि फ्रेन्चाइज लिग सुरु हुनु नेपाली खेलकुद नयाँ उचाइमा पुग्ने माध्यम बनेको पनि विश्वास व्यक्त गरेका छन् । केडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत अश्विन केडियाले हरेक नेपाली खेलाडीलाई नयाँ उचाइमा पु¥याउनका लागि आत्मविश्वास प्रदान गर्ने उद्देश्य रहेको बताए ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, माघ ७, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन