fbpx

नेपाल विश्वविद्यालय विधेयक, २०७९ को सम्बन्धमा सांसदहरु विभाजित

author

समाचारपाटी

१ year अगाडि

नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई अगाडी बढाउने कि नबढाउने भन्ने सम्बन्धमा राष्ट्रिय सभा सदस्यहरु दुई धारमा विभाजित भएका छन् ।

नेपाल विश्वविद्यालय विधेयक, २०७९ अहिले राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा सैद्धान्तिक छलफलको क्रममा रहेको छ । बिहीवार विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्ने क्रममा राष्ट्रिय सभा सदस्यहरु यसको पक्ष र विपक्षमा उभिएका हुन् । छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले देशमा भएका विश्वविद्यालयहरुलाई व्यवस्थित गर्न छाडेर नयाँ विश्वविद्यालय स्थापनामा लाग्नु नहुने बताउनु भयो । उहाँले नयाँ विश्वविद्यालयहरुप्रति विद्यार्थीको आकर्षण नै नभएको बताउनु भयो । नयाँ विश्वविद्यालय खोल्दै गर्दा त्यसको स्थायित्व र दिगोपनाको विषयमा पनि सोच्नुपर्ने उहाँले बताउनु भयो । राष्ट्रिय सभा सदस्य देवकोटाले संघीय शिक्षा ऐनलाई ल्याउनुको सट्टामा नेपाल विश्वविद्यालय विधेयक, २०७९ रातारात ल्याउन लागिएको भन्दै कसको स्वार्थमा ल्याउन लागिएको भनेर प्रश्न समेत गर्नुभयो । उहाँले यो विधेयकलाई फिर्ता लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहोराले विधेयकमा धेरै प्रक्रियागत त्रुटीहरु भएको बताउनु भयो । उहाँले विश्वविद्यालय खोल्ने भनिएपनि जग्गाको बारेमा कतै उल्लेख नभएको भन्दै जग्गा नहुनेले कसरी विश्वविद्यालय खोल्छन् भनेर प्रश्न गर्नुभयो । उहाँले सो विश्वविद्यालय सरकारी, सामुदायिक वा सार्वजनिक के हो सरकारले नलुकाइ स्पष्ट पार्नुपर्ने बताउनु भयो । विश्वविद्यालयको आर्थिक दायित्व लिन सरकार तयार छ कि छैन त्यो पनि खुलाउनुपर्ने उहाँको भनाई छ ।

राष्ट्रिय सभा सदस्य जयन्ती राईले भएका विश्वविद्यालयहरुमा ध्यान दिन छोडेर सरकार नयाँ विश्वविद्यालय खोल्न हौसिनु नहुने बताउनु भयो । उहाँले विश्वविद्यालयमा सरकारको लगानी नरहे विद्यार्थीहरुले कस्तो सेवा, सुविधा पाउँछन् भन्ने पनि स्पष्ट हुनुपर्ने बताउनु भयो । काठमाडौं उपत्यकाबाहिर विश्वविद्यालय खोल्नबित्तिकै गुणस्तरीय हुन्छ भन्ने सोच्नु नहुने उहाँले बताउनु भयो ।

राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले नेपाल विश्वविद्यालय स्थापना गर्ने विषयवस्तु ठिक भएपनि विधेयकको तौरतरिका ठिक नभएको बताउनु भयो । उहाँले विश्वविद्यालय स्थापनाको कुरा आवश्यकता भन्दा बढी रहरले गर्न खोजिएको टिप्पणी पनि गर्नुभयो । उहाँले धेरै विश्वविद्यालयको स्थापना हुने र भविष्यमा चलाउन नसकेर मर्ज गर्नुपर्ने स्थिति आउनसक्ने भन्दै सचेत गराउनु भयो । उहाँले सो विधेयकलाई फिर्ता गरेर विश्वविद्यालयको छाता ऐन ल्याउनुपर्ने बताउनु भयो ।

राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले नेपाल विश्वविद्यालय विधेयकलाई रोक्नु नहुने बताउनु भयो । उहाँले सो विधेयक विश्वविद्यालयको नयाँ पाठ्यक्रम लिएर आएको भन्दै यो नेपालको लागि आवश्यक रहेको बताउनु भयो । उहाँले विश्वविद्यालय बनाउनका लागि सरकारको पनि प्रतिवद्धता आवश्यक रहेको बताउनु भयो ।

राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्बासेले देशमा विद्यमान विश्वविद्यालयहरुको सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले विद्यार्थीहरु अध्ययनका लागि देश बाहिर गइरहेको अवस्थामा विद्यार्थीहरुलाई नेपालमै रोक्नका लागि यो विश्वविद्यालय आवश्यक हुने बताउनु भयो ।

राष्ट्रिय सभा सदस्य डा। विमला राई पौड्यालले ‘लिबरल आटर््स्’ अध्यापन गराउने विश्वविद्यालय नेपालमा आवश्यक रहेको बताउनु भयो । उहाँले आफू नेपाल विश्वविद्यालय स्थापनाको पक्षमा रहेको बताउनु भयो । उहाँले जबसम्म नेपाली विद्यार्थीहरु अध्ययनका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य हुँदैन तबसम्म नेपालमा नयाँ–नयाँ विश्वविद्यालय स्थापनाको आवश्यकता पर्ने बताउनु भयो । नेपाल विश्वविद्यालय सरकारले बजेट विनियोजन गरेर भएपनि शुरु गर्नुपर्ने उहाँको भनाई छ ।

राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले भएकै विश्वविद्यालयहरुमा पनि नयाँनयाँ विधा र विषयहरुको पढाइ गर्न सक्नुपर्ने बताउनु भयो । संघले मात्रै सबै विश्वविद्यालय स्थापना गर्ने हो भने संविधानले दिएको प्रदेश र स्थानीय तहको अधिकार प्रयोग पनि हुन नसक्ने भएकाले त्यसतर्फ पनि सोच्नुपर्ने उहाँको भनाई छ ।

संघीयतालाई मजबुत बनाउन नयाँ शिक्षा ऐन ल्याउनुपर्ने उहाँले बताउनु भयो ।


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन