एसियन ट्राईयाथलन कप आजबाट सुरू

author

समाचारपाटी

२ महिना अगाडि

नेपाल ट्राईयाथलन संघको आयोजनामा हुने २०२३ एसियन ट्राईयाथलन कप तथा दक्षिण एसियन च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा भएको छ । एसियन ट्राईयाथलन कप आजबाट शुरू हुदैछ ।

प्रतियोगितालाई स्वच्छतापूर्ण सम्पन्न गर्न सम्पूर्ण प्राविधिक टोली तथा सहभागिता जनाउने खेलाडीहरु पोखरा आईपुगिसकेका छन् । लेकसाईडस्थित प्रतियोगिताको सचिवालय रहेको होटल ग्लोरी गार्डेनमा खेलाडीहरुको दर्ताका साथै प्रतियोगिताका लागि आवश्यक कार्यहरु भएका छन् ।

ट्राईयाथलनका लागि पर्याय बनेको नेपालको रमणिय र पर्यटकिय नगरी पोखरामा दुई विधा ७५० मिटर पौडी, २० कि.मी. साईक्लिङ्ग र ५ कि.मी. दौडको ट्राईयाथलन र ५ कि.मी. दौड, २० कि.मी. साईक्लिङ्ग र २.५ कि.मी. दौडको दुवाथलन हुने छ ।
फेवातालमा आयोजना हुने प्रतियोगितामा पुरुष तर्फ नेपाल सहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाईन, न्युजिल्याण्ड र भारतका गरि ४७ खेलाडीहरुले उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् । यस्तै महिला तर्फ जापान, रोमानिया, स्लोभाकिया, उज्वेक्सितान, मरिसस, अलजेरिया, भारत र नेपालका गरि १६ खेलाडीले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् । पहिलो दिन १८ गते ट्राईयाथलन र दोश्रो दिन १९ गते दुवाथलनको प्रतिस्पर्धा हुनेछ ।

४२ सय डलर कुल पुरस्कार रासी रहेको ट्राईयाथलनमा महिला÷पुरुष उपाधी बिजेताले मेडल, प्रमाण पत्रका साथ ६३० डलर प्राप्त गर्नेछन् । यस्तै दोश्रो हुनेले ५२५ डलर, तेश्रो हुनेले ४२० डलर, चौथोले ३१५ डलर र पाँचौ हुनेले २१० डलरका साथ मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

ट्राईयाथलनका लागि नेपालको रमणिय तथा पर्यटकिय स्थल पोखरा पर्याय जस्तै बनेको छ । नेपालमा ट्राईयाथलन भन्नासाथ विदेशीहरुले पोखराको रमणियतालाई झलझली सम्झने अवस्था सृजना भएकोछ । नेपालमा एक पटक आएर खेलेका खेलाडीहरुले आफ्नो संस्मरणमा लेखेका र पोष्ट गरेका फोटोहरु, साथीसंगी संग भएका विचारको आदान प्रदानका कारण एसियन ट्राईयाथलनको महत्व बढ्न गएको देखिन्छ । त्यसैको परिणाम २०२३ को यस संस्करणमा करिव २० राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको छ ।

नेपालको इतिहासलाई सरसरती नियाल्दा नेपालमा ८० को दशकमा अन्नपूर्ण ट्राईयाथलनको नाममा अन्तर्राष्ट्रिय ट्राईयाथलन भएको पाईन्छ । त्यसलाई निरन्तरता प्रदान गर्न नसकी लामो समय सुस्ताएको ट्राईयाथलन खेलको विकास र विस्तार गर्ने उद्धेश्यले २०१२ मा संघको विधिवत स्थापन पश्चात यस खेलले केहि गति लिन थालेको देखिन्छ । संघको स्थापन पश्चात २०१३ मा संघले पोखराको वेगनास तालमा पहिलो दक्षिण एसियन च्याम्पिनसिपको आयोजना गरेर नेपालमा ट्राईयाथलन खेलको सम्भावनालाई जीवन्त पारेको छ । वेगनास तालको सेरोफेरोमा सम्म पिच बाटो नभएका कारण तीन संस्करण माउन्टेन बाईकलाई प्रयोगगरि आयोजना गरिएको ट्राईयाथलन अन्तराष्ट्रिय प्रतियोगितामा रोड बाईकको प्रयोग गर्नु पर्ने नियमका कारण पोखराको फेवाताललाई आधार बनाई निरन्तरता प्रदान गर्दै आएको छ ।

नेपालमा ट्राईयाथलनको लोकप्रियतालाई ध्यानमा राखेर २०१९ मा तत्कालिन अन्तर्राष्ट्रिय ट्राईयाथलन महासंघ (आईटियु) ले नेपाललाई एसिया कप गर्ने स्विकृती प्रदान गरे पश्चात नेपालले ट्राईयाथलनको खेलमा अर्को एक खुड्किलो पार गर्न सफल भएको छ । २०१९ मा सुरु भएको एसिया कप २०२० र २१ मा बिश्वमा फैलिएको महामारी कोभिडका कारण आयोजना हुन सकेन । कोभिडको महामारी पश्चात २०२२ मा पुन आयोजना भएकोमा यस बर्ष २०२३ मा बिदेशी राष्ट्रको उल्लेख्य बृद्धिका साथ शनिबार आयोजना हुन गईरहेको छ ।

नेपालमा नयाँ नेतृत्व पश्चात नेपाली ट्राईयाथलनले अन्तराष्ट्रिय स्तरमा समेत आफ्नो छाप छोड्न सफल भएको छ । जसको परिणाम स्वरुप २०१३ मा फिलिपिन्सको सुविक वे मा भएको प्रतियोगितामो नेपाली खेलाडी राजीव गुरुङ्गले २०–२९ बर्ष उमेर समूहमा स्वर्ण पदक हात पार्न सफल भएका थिए । यस्तै २०१५ मित्र राष्ट्र चीनमा भएको प्रतियोगितामा टिका थापाले पदक प्राप्त गरेका थिए भने जुनियर तर्फ सहज शाक्यले चौथो स्थान प्राप्त गर्न सफल भएको संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले जानकारी गराउनुभयाे ।

यस्तै भारतका गोहाटीमा आयोजना भएको १२ औं दक्षिण एसियाली खेलकुदमा पहिलो पटकको सहभागितामानै रोजा केसीले नेपालका लागि कास्य पदक र टिम स्पर्धामा रजत पदक प्राप्त गर्न सफल भएको थियो । २०१९ मा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुदमा २ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्रीलाई विज्ञको सुझाव, भारत भ्रमणमा मेन्यु लिएर नजानुस्

रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य हुन्न :...

पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर बजेट आउँने...

विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा पनि पर्‍यो...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

319

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

राजनीतिक समाजीकरण, अपराधिकरण र देशद्रोह

केहि देशद्रोहीहरुको मुखुण्डो उत्रिएको अवस्था र अनुसन्धान प्रक्रिया चलिरहेको भए पनि मुद्दालाई कमजोर पारिन्छ कि भन्ने आम आशंका उत्पन्न भएको...

विचार

अल्पविकसित देशहरुमा सार्वजनिक प्रशासनको भूमिका र नेपालको सन्दर्भ

सार्वजनिक प्रशासनले लक्षित व्यक्तिहरूको हितको लागि असल र प्रभावकारी नीति निर्माणका लागि राजनीतिक नेतृत्वलाई आवस्यक मद्दत गर्दछ। समाजको सामाजिक र...

विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस नेपाल-२०२३ को उपाधि जितीन श्रीच्छा प्रधानले

चलचित्र टुल्की शुक्रवारबाट प्रदर्शनमा

जेठबाट रिलिज हुने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत...

नेपाल अफ्रिका फिल्म फेस्टिबल असार १ बाट सुरू हुने

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

आइतवार, जेष्ठ १४, २०८०

२३.२७°

-
Clouds