नेपाल यातायात राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले ६५ प्रतिशत स्वरोजगार बनाउने यातायात उद्योगलाई सामाजिक सुरक्षा कोषमा बाइपास गरेर लागू गर्न नसक्ने बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघले योगदानमा आधारित सामाजिक सुरक्षा आजको आवश्यकता विषय राष्ट्रिय गोष्ठीमा बोल्दै अध्यक्ष स्वाँरले यस्तो बताउनुभएको हो । उहाँले सरकारले सामाजिक सुरक्षा कोषमा आवद्धताको लागि सबै भन्दा पहिला सम्झौता गर्ने नेपाल यातायात राष्ट्रिय महासंघ भए पनि राज्यले यातायात क्षेत्रलाई बाइपास गरेर सामाजिक सुरक्षा कोषलाई अगाडि बढाएको भन्दै गुनासो गर्नुभयो । उहाँले सरकारले ६५ प्रतिशत स्वरोजगार दिने यातायात उद्योगलाई बाहिर राखेर सामाजिक सुरक्षा कोष अगाडि बढ्ने परिकल्पना नगर्न आग्रह गर्नुभयो । उहाँले सामाजिक सुरक्षाको विषयमा सरकारले यातायात व्यवसायीलाई अनुभुति दिने काम समेत नगरेको उल्लेख गर्नुभयो । उहाँले सरकारले यातायात क्षेत्रलाई बेवास्था गरेपनि सामाजिक सुरक्षा कोषमा मजदुरहरु समावेश गराउने कुरामा प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले २०७४ सालमा व्यवस्थित रुपमा सञ्चालनमा रहेको यातायात क्षेत्र सिण्डिकेटको नाममा तहसनहस बनाएकाले अहिले सुधार हुने क्रममा रहेको बताउनु भयो । उहाँले यातायात समितिहरु प्रा.लि.मा गएकाले संगठित क्षेत्र जस्तो देखिएपनि यातायात क्षेत्र अनौपचारिक क्षेत्र नै रहेको बताउनु भयो । उहाँले सरकारले नेपाल उद्योग वाणिज्य महासंघ लयातका क्षेत्रसँग छलफल गर्ने तर यातायात क्षेत्रलाई बाइपास गर्ने काम गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘यातायात क्षेत्रमा पनि ६५ प्रतिशत स्वरोजगार मानिसहरु छन् । यति ठूलो उद्योगलाई बाइपास गरेर सामाजिक सुरक्षा लागुहुन्छ भनेर परिकल्पना कसरी हुनसक्यो । तर पनि यातायात व्यवसायी क्षेत्र प्रतिवद्ध छ । २०६६ सालमा पहिलो पटक सम्झौता गर्ने महासंघ हो । तर आजसम्म राज्यले कुनै क्षेत्रमा यातायात व्यवसायीहरुलाई बोलाएन । अनुभुति नै दिएन तर पनि हामी सामाजिक सुरक्षा लागू गर्छौं भन्ने विषयमा प्रतिवद्ध छौं । तर यसमा अफ्ठ्यारो परिस्थितिहरु छन् । २०७४ सालमा व्यवस्थित रुपमा सञ्चालनमा रहेको यातायात क्षेत्र सिन्डिकेटको नाममा तहसनहस ग¥यो । अहिले सुधार हुने क्रममा छ । प्रा.लीमा गएकाले संगठित क्षेत्र जस्तो यातायात क्षेत्र देखिएको छ । तर पनि यातायात क्षेत्र अनौपचारिक क्षेत्रमा नै छौं । सरकारले नेपाल उद्योग वाणिज्य महासंघ लयातका क्षेत्रसँग छलफल गर्ने तर यातायात क्षेत्रलाई बाइपास गर्ने काम गरेको छ ।’
त्यस्तै, साना तथा घरेलु उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले साना तथा घरेलु उद्योगको क्षेत्रमा सामाजिक सुरक्षा कोष लागू गर्न प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले ८० प्रतिशत भन्दा बढी लघु घरेलु साना उद्योगीहरुले ओगटेको क्षेत्रलाई सरकारले प्रवद्र्धन र संर्वद्धन गर्न सरकारले नसकेको बताउनु भयो । उहाँले पछिल्लो समय सरकारले नीति तथा कार्यक्रम , बजेट र मौद्रिक नीतिमा यो क्षेत्रलाई लक्षित नीति ल्याएपनि लक्षित वर्गले सुविधा नपाएको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो,‘नेपालको ८० प्रतिशत भन्दा बढी लघु घरेलु साना उद्योगीहरुले ओगटेको क्षेत्रलाई सरकारले प्रवद्र्धन र संर्वद्धन गर्न सरकार पछाडि छ । पछिल्लो समय सरकारले नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमा यो क्षेत्रलाई लक्षित नीति ल्याएपनि लक्षित वर्गले सुविधा पाएका छैनन् । साना उद्यमीहरु सामाजिक सुरक्षा कोषमा प्रवेश गर्ने सहज वातावरण बनाउनुपर्छ । सरकारले यो क्षेत्रलाई सम्झने नगरेकाले दुःखी छौं । लघु घरेलु तथा साना उद्योगको क्षेत्र सबैभन्दा पीडित रहेको छ । यो क्षेत्रमा सामाजिक सुरक्षा कोष लागू गर्न प्रतिवद्ध रहेको छौं ।’
उहाँले साना उद्यमीहरु सामाजिक सुरक्षा कोषमा प्रवेश गर्ने सहज वातावरण बनाउन माग गर्नुभयो । उहाँले सरकारले यातायात क्षेत्रलाई चासो नदेखाएको भन्दै गुनासो गर्नुभयो ।