fbpx

नेपाल यातायात मजदुरको स्वास्थ्य जाँचमा चरक मेमोरियल हस्पिटलको सहयोग, १८० जना लाभान्वित

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा । नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) को सदस्य संस्था यातायात मजदुरहरूको छाता संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आफ्नो ४५ औं स्थापना दिवस देशभर विविध कार्यक्रमका साथ मनाएको छ । संगठनको गण्डकी प्रदेश कमिटीले पनि विविध कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ ।

शनिबार पोखरा नागढुंगा स्थित चरक मेमोरियल हस्पिटलको प्राविधिक सहयोगमा सुगर तथा ब्लड प्रेसर परीक्षण गरेको छ । १८० जनाले स्वास्थ्य जाँच गराएको अस्पतालका पब्लिक रिलेशन अफिसर सोवित सुवेदीले जानकारी दिनुभयाे । यस्तै, हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा चेकजाँच तथा नेपाल रेडक्रस सोसाइटी अन्तर्गत गण्डकी प्रादेशिक रक्त सञ्चार केन्द्रसंगको सहकार्यमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको संगठनका गण्डकी प्रदेश अध्यक्ष विष्णु बहादुर खत्रीले जानकारी दिनुभएकाे थियाे । उक्त कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एसपी जनक बहादुर शाहीको प्रमुख आतिथ्यता तथा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्रीको विशेष आतिथ्यतामा भएको कार्यक्रममा संगठनका प्रतिनिधि परिषद उपप्रमुख कर्ण सिं गुरुङ, उपमहासचिव एवं गण्डकी प्रदेश इञ्चार्ज विष्णु बहादुर पराजुली, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसी, पोखरेली ट्याक्सी सेवा प्रालिका सञ्चालक मदन सुनार, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका प्रदेश र जिल्ला अध्यक्ष लगायत संगठनमा आवद्ध मजदुरहरूको बाक्लो उपस्थिति रहेको थियो ।


काठमाडौं

मङ्लबार, साउन १, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन