नेपालले आज आईसीसी विश्वकप लिग २ क्यानडासँग खेल्दै

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाडौं । विश्वकप लिग २ मा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै छ । खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे क्यानडाको किङ सिटी मैदानमा सुरु हुनेछ ।

क्यानडामा हुने त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपालले घरेलु टोलीसहित ओमानसँग दुईरदुई खेल लेख्नेछ ।

नेपाललले ७ महिनापछि आईसीसी विश्वकप लिग २ का खेल खेल्न लागेको हो । फेब्रुअरीमा त्रिवि क्रिकेट मैदानमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको खेलबाट सन् २०२४र२०२६ अन्तिमसम्म चल्ने लिग २ को सुरुवात भएको थियो । त्यसपछि नेपालले खेलेको थिएन ।

नेपालले क्यानडासँग दोस्रो खेल असोज ६ गते खेल्नेछ भने ओमानसँग असोज २ र ८ गते खेल्ने छ ।

ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँग टी २० सिरिज पनि खेल्नेछ ।

त्यसपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ ।

उक्त सिरिज खेलेर नेपाल लिग २ का लागि अमेरिका जानेछ । त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी(२० आई दुवै सिरिज हुनेछ ।

क्यानडा र अमेरिकामा हुने खेलका लागि क्यानले १६ सदस्सयीय टोली घोषणा गरेको छ भने जगत टमटालाई कन्सल्टेन्ट कोचसमेत नियुक्त गरेको छ ।

नेपालको लक्ष्य लिग २ को शीर्ष स्थानमा रहँदै नम्बर वान एशोसिएट राष्ट्र बन्ने छ । यसका लागि देश बाहिर हुने खेल जित्न आवश्यक छ ।

चार खेलमात्रै खेलेको नेपाल २ अंकसहित तालिकाको सातौं स्थानमा छ । यसअघि त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियासँग २ खेल हारेको थियो भने नेदरल्याण्डसँग एकमा जित र एकमा हार व्यहोरेको थियो । नेदरल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।


काठमाडौं

बुधबार, साउन १, २०८२

२१.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन