fbpx

आइटीएफ टेनिस :- दोश्रो सर्किट शुरु, दश राष्ट्रका ९९ खेलाडी सहभागी

author

समाचारपाटी

२ years अगाडि

पोखरा । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुष तथा महिलातर्फ एकलका विभिन्न प्रतिस्पर्धाहरु भए । सोमबार अमेरिकन खेलाडी हानु पटेलले विजयी शुरुवात गरे । उनले भारतका निकिल दोसुजालाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणको बाटो खोले । अर्को खेलमा नेपालका आर्यन गिरीले भारतका धिरज रेड्डीलाई ७–६, ६–४ ले पराजित गरे ।

पुरुष एकलतर्फका अन्य खेलहरुमा भारतका पवन गणेशले नेपालका प्रणव मानन्धरलाई ६–२, ६–४ ले पराजित गरे । भारतका श्रीनिखेत कन्दनले रसियाका फेडोर सोसेस्ड्किनलाई ६–२, ६–२ ले, भारतका भत्साल मणिकन्तनले भारतकै स्मित निलेशभाई पटेललाई ३–६, ६–२ र ६–३ ले, कोरियाका जिवन पार्कले भारतका देवर्शी सेनलाई ६–४, ६–० ले, मलेशियाका केजन केथ जोनाथनले भारतका विभु चलागुण्डलालाई ६–३, ६–३ ले, भारतका धनुष वर्माले नेपालका सृजन भट्टराईलाई ६–०, ६–० ले, ताइपेइका कि हाउ हाङले भारतका मायंक सर्मालाई ६–४, ६–२ ले पराजित गरे ।

महिला एकलतर्फको खेलमा भारतका दिशा बेहेराले नेपालका शर्मानी श्रेष्ठलाई, रसियाकी लैला आक्मेतोवाले भारतकी दिविजा मन्नेनीलाई, भारतकी गंगना मोहनले नेपालकी सुनिरा थापालाई, भारतकी कायरा सिद्धार्थ चेत्नानीले नेपालकी प्रकृती श्रेष्ठलाई, नेपालकी प्रशंसा मोत्तानले भारतकी सारान्या रामासुब्रामनियनलाई, भारतकी जानवी आस्वाले अमेरिकाकी समिक्षा अन्यमलाई पराजित गरिन् ।

महिला एकलतर्फनै नेपालकी रायना शाहले भारतकी श्रीटिका रेड्डीलाई, नेपालकी आयसा डोल्कर गुरुङ्गले भारतकी सौरभी श्रीनिवासलाई, श्रीलंकाकी विस्मी वन्थ्राले भारतकी प्रिन्सी मन्दगलालाई, भारतकी रिदयासी पाइले नेपालकी आध्या पौडेललाई, भारतकी आर्जन खोराकिवालाले नेपालकी श्रीया भट्टराईलाई, भारतकी ईशी महेश्वरीले कोरियाकी सियोइङ जाङलाई पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरे । एक साता सम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न १० राष्ट्रका ९९ खेलाडीले सहभागिता जनाएको आयोजक संघ कास्कीका अध्यक्ष लोक गुरुङ्गले जानकारी दिएका छन् ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष...

नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर