जेठ ४ देखि लाङटाङ हिमाल क्षेत्रका पदमार्ग र आधार शिविर क्षेत्रको सरसफाई अभियान सञ्चालन हुने

author

समाचारपाटी

१२ महिना अगाडि

नेपाल टेकिङ—ट्राभल्स—र्याफ्टिङ—एयरलाइन्स श्रमीक युनियनले लाङटाङ हिमाल क्षेत्रका पदमार्ग र आधार शिविर क्षेत्रको सरसफाई गर्ने भएको छ ।


बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युनियनले यसबारेमा जानकारी गराएको हो । यस वर्ष १७ जना पदमार्ग क्षेत्रमा कार्यरत श्रमीकहरुको प्रत्यक्ष सहभागिता सरसफाई कार्यक्रम आयोजना गर्न लागिएको नेपाल टेकिङ—ट्राभल्स—र्याफ्टिङ—एयरलाइन्स श्रमीक युनियनका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताउनु भयो । उहाँले २०५२ देखि निरन्तर हिमाल बचाउ, जलवायु परिवर्तनको असर कम गरौँ भन्ने अभियान गर्दै आइरहेको बताउनु भयो । उहाँले पदमार्ग सरसफाई कार्यक्रम जेठ ४ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने बताउनु भयो । उहाँले नेपाल ट्रेडयुनियन महासंघ (जिफन्ट) र नेपाल टेकिङ—ट्राभल्स—र्याफ्टिङ—एयरलाइन्स श्रमीक युनियन (युनिट्राभ) तथा नेदरल्याण्डको ट्रेड युनियन एफ.एन.भी सँगको सहकार्यमा लाङटाङ हिमाल जाने पदमार्ग र हिमालको आधारशिविरसम्म सरसफाई गर्ने बताउनु भयो । जलवायु परिवर्तनको असर कम गरौँ, हिमाललाई बचाइराखौँ, मान्व जीवनलाई बचाइराखौँ भन्ने सन्देशसहित सरसफाई कार्यक्रम गर्न लागिएको बताउनु भयो । 


उहाँले श्रमीकहरु सामाजिक उत्तरदायित्व र पर्यावरणको संरक्षणमा पनि उत्तिकै जिम्मेवार रहेको सन्देश दिइएको बताउनु भयो । उहाँले हिमाल, पदमार्ग र पर्यावरण जोगाउन सबै सँगै एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, बैशाख १६, २०८२

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन