नेपाल टी–२० लिग क्रिकेटमा पोखराको लगातार पाँचौं हार

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको शानदार अर्धशतकमा विराटनगर सुपर किंग्सले नेपाल टी–२० लिग क्रिकेटमा पोखरा एभेन्जर्समाथि ८ विकेटको जित रचेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १ सय ३६ रनको लक्ष्य विराटनगरले १८।४ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हो ।

टिमलाई जित दिलाउन तेस्रो नम्बरमा ब्याटिङ गरेका रोहितले ७१ रनको अविजित अर्धशतकीय पारी खेले । उनले ५७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । ओपनर अर्जुन साउद पहिलो बलमै आउट भएपछि धर्मराएको विराटनगरको ब्याटिङ रोहितले अर्का ओपनर गौरान्सु शर्मासँग मिलेर संहालेका थिए । यी दुईले ७८ रनको साझेदारी गरे ।

गौरान्सु ३३ रन बनाएर आउट भएपछि आएका हुसेन तलातसँग मिलेर रोहितले तेस्रो विकेटका लागि ६० रनको अविजित साझेदारी गरे । हुसेन २८ रनमा अविजित रहे ।

यसअघि टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३५ रनको योगफल खडा गरेको थियो । पोखराले जारी लिगमा खराव प्रदर्शन गरिरहेको छ ।

उसका लागि ओपनर सुमित महर्जनले २६, कप्तान उपुल थारंगाले २५ र अमिर हम्जाले ३७ रन बनाउनुबाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङमा विराटनगरका आन्द्रे म्याकर्थीले ३ विकेट लिए ।

onlinekhabar


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’