fbpx

नेपाल टी–२० लिग फ्रेन्चाइज प्रतियोगिता फेरि सर्ने

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने प्रतीक्षित नेपाल टी–२० लिग फ्रेन्चाइज प्रतियोगिता पुनः सर्ने निश्चित भएको छ ।

क्यानबाट प्रतियोगिता सन्चालन अधिकार पाएको सेभेन थ्री स्पोर्टसले आवश्यक तयारी पूरा नगरेका कारण प्रतियोगिता शुक्रबारको पूर्वनिर्धारित मितिमा आयोजना नहुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बतानुभयाे ।

‘खेलाडीको श्रम स्वीकृति प्रक्रिया ढिला भयो । आवश्यक तयारीहरु पनि सुस्त छन्,’ चन्दले भन्नुभयाे, ‘हामी छलफलमै छौं । प्रतियोगिता एक र दुई दिन सर्न सक्छ ।’

यो मितिमा पनि प्रतियोगिता आयोजना हुन नसके सञ्चालन अधिकार पाएको कम्पनीसँग सम्झौता रद्ध गरी क्यान आफैंले प्रतियोगिता आयोजना गर्नेसमेत अध्यक्ष चन्दले बताउनुभयाे ।

६ फ्रेन्चाइज टिमको सहभागितामा हुन लागेको प्रतियोगिता सरेको यो तेस्रोपल्ट हो । क्यानले प्रतियोगिता सञ्चालनका लागि सेभेन थ्री स्पोर्टससँग २०७७ सालमै सम्झौता गरेको थियो । यसबीचमा अघिल्लो वर्ष खेलाडी अक्सन भए पनि प्रतियोगिता अनिश्चित हुँदै आएको थियो ।

नेपाल टी–२० लिगको आयोजना सन्दर्भमा क्यानको सुरुदेखि कै निर्णयहरु विवादित बनिरहेका छन् । भारतीय कम्पनीसँग उतैको कानूनअनुसार सम्झौता भएकोमा क्यानकै कार्यसमितिबाट विरोध हुँदै आएको थियो ।

यो प्रतियोगिता असोज ८ गतेदेखि सुरु हुने भनिएको थियो । त्यसका लागि नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट एक महिना अगाडि नै आयोजना गरिएको थियो । सरकारले सुरक्षा दिन नसक्ने बताएको भन्दै प्रतियोगिता सारिएको थियो ।

सारेर मंसिर २५ गतेदेखि प्रतियोगिता मिति निर्धारित गरियो । तर, सहभागी फ्रेन्चाइज टिम काठमाडौं गोर्खाजले अन्तिम समयमा नाम फिर्ता लिएपछि प्रतियोगिता १२ दिनका लागि सारिएकाे हाे ।

onlinekhabar


काठमाडौं

बिहिबार, जेष्ठ १७, २०८१

२२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन