काठमाडौं। नेपाल टी-२० लिग क्रिकेटमा अनलाइन बेटिङमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत दिल्ली उत्तमनगर घर भई हाल काठमाडौं गौशाला बस्ने ३६ वर्षीय प्रतिक कुमार रहेका छन् । कीर्तिपुर नगरपालिका-१० स्थित क्रिकेट खेल मैदानबाट बुधबार दिउँसो प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले फार वेष्ट युनाइटेड र विराटनगर सुपर किंगस् बिच भएको खेलमा मोबाइल फोनको प्रयोग गरी हार जितको लागि अनलाइन बेटिङ गराएको प्रहरीको आरोप छ ।