fbpx

नेपाल टी-२० लिग:-शहिदीको अर्धशतक मद्दतमा फार वेष्ट पहिलो जित

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । कप्तान हश्मतुलल्हा शहिदीको अर्धशतक मद्दतमा फार वेष्ट युनाइटेडले नेपाल टी -२० लिगमा काठमाडौं नाइट्सलाई ४ विकेटले पराजित गरेको छ ।

लिगमा फार वेष्टको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा फार वेष्ट लुम्बिनी अल स्टार्ससँग पराजित भएको थियो ।

उद्घाटन खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको काठमाडौंको भने यो पहिलो हार हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा काठमाडौंले दिएको ९९ रनको लक्ष्य फार वेष्टले १९।१ ओभर खेल्दै १०२ रन बनाएर पूरा गरेको हो ।

स्कोर टाइ भएको अवस्थामा करण केसीले वसिर अहमदलाई चौका प्रहार गर्दै फार वेष्टलाई जित दिलाए । फार वेष्टका लागि कप्तान शहिदीले ४९ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा ५० रन बनाए । करण ८ रनमा अविजित रहे । देव खनालले १७ र भीम सार्कीले ११ रन जोडे ।

बलिङमा काठमाडौंका अनिल खरेलले २ तथा अज्मतुल्लाह ओमारजाई, राएन बर्ल, वसिर अहमद र अविनाश बोहराले समान १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर ९८ रन बनाएको थियो ।

काठमाडौंका एलेक्स ब्लेकले ३७ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा अविजित ४५ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले १३ र सन्तोष कार्कीले १२ रन जोडे ।

फार वेष्टका उमाइर अलीले ३ तथा शहिदी र भुवन कार्कीले समान २ विकेट लिए । उमाइर रशहिदीले ४ ओभरमा समान १५ रन खर्चिए । शेर मल्लले १ विकेट लिए ।

source:onlinekhabar


काठमाडौं

शुक्रबार, फाल्गुन २, २०८१

१२.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

वित्तीय समानीकरण अनुदान कटौतीबारे गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घद्वारा...

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि