काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज स्पोर्टिङ इलाम र वीरगंज युनाइटेडबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ पाँच बजे सुरु हुनेछ ।
यस सिजन थपिएका यी दुई नयाँ टोलील अंक तालिकामा भने पुछारमा छन् । त्यसैले शीर्ष चारमा रहँदै प्लेअफ पुग्ने हो भने दुवैका लागि आजको खेल ‘डु अर डाई’को अवस्थामा छ ।
पाँच खेलबाट एक जित र एक बराबरी नतिजामा ४ अंक जोडेको इलाम आठौं स्थानमा छ । इलामले तीन खेलमा हार बेहोरेको छ । इलामलाई प्लेअफको सम्भावना कायम राख्न आज जित आवश्यक छ । पराजित भएमा इलामको सम्भावना लगभग सकिनेछ ।
उता यस सिजन जितविहीन एक्लो टोली वीरगंज युनाइटेडो चार खेलबाट दुई बराबरी र दुई हारको नतिजाबाट दुई अंक मात्र छ । आजको खेलमा पराजित भए वीरगंज प्लेअफ होडबाट बाहिरिनेछ ।