लमजुङ । नेपाल विद्यार्थी संघ (नेविसंघ) लमजुङ कृषि क्याम्पस इकाईको आयोजनामा सम्पन्न नेविसंघको स्थापनाको ५६ओैँ वार्षिकोत्सव तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री एवं नेपाली कांग्रेस लमजुङका निवर्तमान सभापति माननीय भेष बहादुर पौडेलले सहभागी सबैलाई नेविसंघको स्थापना दिवस र नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री एवं नेपाली कांग्रेस लमजुङका निवर्तमान सभापति माननीय भेष बहादुर पौडेलले सहभागी सबैलाई नेविसंघको स्थापना दिवस र नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्नुभयो। उहाँले हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा विजयी अध्यक्ष, पदाधिकारी तथा सदस्यज्यूहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो। साथै, नेविसंघले विगतमा नेतृत्व गरेको ऐतिहासिक आन्दोलनहरूको स्मरण गर्दै संगठनको योगदानप्रति गर्व व्यक्त गर्नुभयो।

कार्यक्रमको माननीय मन्त्रीज्यूको हातबाट नयाँ वर्ष २०८२ को भित्ते पात्रो विमोचन गरिएको थियो, जसलाई उपस्थित विद्यार्थीहरू र अतिथिहरूले उत्साहका साथ स्वागत गरेका थिए। उहाँले आफ्नो मन्तव्यमा प्रजातन्त्र, समाजवाद र एकता नै राष्ट्रिय समृद्धिको आधार रहेको उल्लेख गर्दै वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै देशका लागि उपयुक्त भएको दाबी गर्नुभयो। पछिल्लो समय भइरहेका केही आन्दोलनहरूप्रति संकेत गर्दै उहाँले ती आन्दोलनहरूले भ्रम सिर्जना गर्न सक्ने भन्दै संवैधानिक व्यवस्थाभित्रै समाधान खोज्नुपर्ने कुरामा जोड दिनुभयो। शिक्षक आन्दोलनप्रति समर्थन जनाउँदै उहाँले केन्द्र सरकारलाई शिक्षकका जायज मागहरू यथाशक्य चाँडो सम्बोधन गर्न आग्रह गर्नुभयो। कार्यक्रममा अन्य वक्ताहरूले पनि नेविसंघको ऐतिहासिक योगदानको चर्चा गर्दै विद्यार्थी आन्दोलनलाई जिम्मेवार र सकारात्मक दिशामा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
