fbpx

नेपाल स्काउटको राष्ट्रिय परिषद् र प्रदेश परिषद् निर्वाचनःकोशी र वागमतीमा मतदान, बाँकी प्रदेशमा सर्वसम्मत

author

समाचारपाटी

४ महिना अगाडि

नेपाल स्काउटको राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन शुरु भएको छ । शनिवार काठमाडौंमा कोशी र वागमती प्रदेशको लागि राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन शुरु भएको हो । अन्य प्रदेशमा भने सर्वसम्मत रुपमा चयन भएको छ । निर्वाचनको बारेमा जानकारी दिँदै नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले नेपाल स्काउटको राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन १२ वर्षपछि हुन लागेको बताउनु भयो । उहाँले ४÷४ वर्षमा हुनुपर्ने निर्वाचन भएपनि विविध कारणले लामो समयसम्म हुन नसकेको बताउनु भयो । उहाँले वागमती र कोशी प्रदेशबाहेक अरु ५ वटा प्रदेशमा सर्वसम्मत भएको निर्वाचित भएको बताउनु भयो । वागमती र कोशी प्रदेशमा ९ वटा पदका लागि निर्वाचन भइरहेको बताउनु भयो । उहाँले ९ वटा पदको निर्वाचनका लागि वागमती प्रदेशमा १५ सय बढी र कोशी प्रदेशबाट ५५४ जना मतदाता रहेको बताउनु भयो । निर्वाचनले नेपाल स्काउटको राष्ट्रिय परिषद् सदस्य ५६ जनामध्ये १६ जना वागमती र कोशी प्रदेशबाट निर्वाचित हुने बताउनु भयो । प्रदेश परिषद्हरुमा वागमती र कोशी प्रदेशमा २६÷२६ जना निर्वाचित हुनुपर्ने पनि बताउनु भयो । निर्वाचन समितिका सदस्यसचिव समेत रहनुभएका उहाँले निर्वाचनपछि राष्ट्रिय परिाषद्को बैठक बसेर राष्ट्रिय परिाषद् र प्रदेश परिषद्को बैठक बसेर प्रदेशको कार्यकारी समिति र राष्ट्रिय कार्यकारी समिति गठन हुने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘नेपाल स्काउटको राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन भइरहेको छ । यो निर्वाचन १२ वर्षपछि हुँदैछ । आवदिक हिसावमा ४÷४ वर्षमा हुनुपर्ने निर्वाचन हो । विविध कारणले गर्दा निर्वाचन लामो समयसम्म हुन सकेको थिएन । अहिले हामीले सातै वटा प्रदेशको र केन्द्रको पनि हामील निर्वाचन गरिरहेका छौँ । त्यसमध्ये वागमती र कोशी प्रदेशबाहेक अरु ५ वटा प्रदेशमा सर्वसम्मत भएको अवस्था छ । वागमती र कोशी प्रदेशको आज हामीले ९ वटा पदका लागि निर्वाचन गरिरहेका छाैँ । ९ वटा पदको निर्वाचनका लागि हामीसँग वागमती प्रदेशमा १५ सय बढी मतदाता हुनुहुन्छ । कोशी प्रदेशबाट ५५४ जना मतदाता हुनुहुन्छ । यसरी हाम्रो निर्वाचन प्रक्रिया अघि बढिरहेको छ । यो निर्वाचनले नेपाल स्काउटको राष्ट्रिय परिषद् सदस्य ५६ जनामध्ये १६ जना निर्वाचित हुनुपर्छ । वागमती र कोशीबाट । त्यसैगरी प्रदेश परिषद्हरुमा वागमती र कोशी प्रदेशमा २६÷२६ जना निर्वाचित हुनुहुन्छ । यो निर्वाचनपछि राष्ट्रिय परिाषद्को बैठक बसेर राष्ट्रिय परिाषद् र प्रदेश परिषद्को बैठक बसेर प्रदेशको कार्यकारी समिति र राष्ट्रिय कार्यकारी समिति गठन हुन्छ ।’ उहाँले निर्वाचन निर्वाध रुपमा शान्तिपूर्ण ढंगबाट सञ्चालन भइरहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, असार ३, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन