fbpx

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महाधिवेशन माघ २७ देखि

author

समाचारपाटी

१ महिना अगाडि

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनमा प्रवासमा रहने सदस्यहरुका लागि अनलाइन मतदानको व्यवस्था गरिने भएको छ । 

शनिवार काठमाडौंमा प्रथम राष्ट्रिय महाधिवेशनका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीकी नेतृ हिसिला यमीले यस्तो जानकारी दिनुभएको हो । उहाँले भारतमा रहने प्रवासी सदस्यहरुलाई अनलाइनबाट मतदान गर्न पाउने व्यवस्था गरिएको बतउनु भयो । उहाँले पार्टीले समावेशीताको मर्मअनुसार पदाधिकारी चयन गर्ने जानकारी खिनुभयो । अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिष्पर्धाको आधारमा छनोट हुने र उपाध्यक्ष समूहगत प्रतिष्पर्धाको आधारमा चयन हुने बताउनु भयो । त्यस्तै सचिवमा महिलालाई प्राथमिकता दिएर जाने र बाँकीलाई फ्रि इलेक्शनको माध्यमबाट चयन गर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामी एउटा नयाँ एक्सपेरिमेण्ट गर्दैछौँ । समावेशीलाई साँच्चै त्यसको मर्मलाई समेटेका छौँ । हाम्रो पदाधिकारीमै समावेशी अन्तर्गत अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिष्पर्धाको आधारमा व्यक्तिगत प्रतिष्पर्धाको आधारमा छ भने उपाध्यक्ष ग्रुप प्रतिष्पर्धाको माध्यमबाट आउने, सचिवमा महिलालाई प्राथमिकता दिएर जाने र बाँकीलाई फ्रि इलेक्शनको माध्यमबाट गर्दैछौँ । सिसिएमहरुलाई पनि उठ्नको लागि हामीले क्लस्टरको आधारमा सरकारले फलो गरेको प्रतिशतको आधारमा हामीले गरेका छाँै । यो हाम्रो लागि पनि चुनौति हो । यो राजनीतिक उडानको लागि पनि चुनौति हो ।’

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता कृष्ण शर्माले राजनीतिक समस्या मात्र नभइ समाधान पनि भएको बताउनु भयो । उहाँले अहिले पुराना राजनीतिक दलहरुले समस्या मात्रै उजागर गर्ने गरेको, जनताको भावनालाई समातेर सत्तामा जाने र सत्ताकोदोहन गर्ने काम गरिरहेको आरोप लगाउनु भयो । नयाँ शक्ति भनेको समाधान भएकाले समाधानसहितको दिशामा अघि बढाउने बताउनु भयो । पार्टीले स्थानीय निकायलाई मुख्य आधार मानेको बताउँदै ७५३ मध्ये ५१२ स्थानीय निकायबाट प्रतिनिधित्व भएको बताउनु भयो । ३१ हजार पार्टी सदस्यहरु, त्यहाँबाट निर्वाचित भएका १ हजार ५ सय प्रतिनिधिहरु काठमाडौं आइसकेको जानकारी दिनुभयो । पुराना शक्तिहरुलाई पार्टीको महाधिवेशनमा नबोलाइएको बताउनु भयो । उहाँले पार्टीका नेताहरु आफैँ आत्मनिर्भर हुने, स्वायत्त र स्वचालित ढंगका पार्टीका नियकाहरु हुने उल्लेख गर्नुभयो । शक्ति पृथकीकरणको सिद्धान्तलाई पार्टीभित्र अपनाउने बताउनु भयो । 


पार्टीको महाधिवेशन नेपालको राजनीतिक प्रणालीलाई पुनःसंरचना गर्ने र नेपालको राष्ट्रिय राजनीतिक नयाँ दिशामा मार्ग प्रशस्त गर्ने वैकल्पिक राजनीतिक धार भएको बताउनु भयो । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशन माघ २७ गतेदेखि शुरु हुँदैछ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

१९.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत भएपछि निर्वाचन हुने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...