fbpx

पुराना दलहरु सुध्रिने अवस्था छैन, नयाँ वैकल्पिक शक्तिहरुसँग सहकार्य गरेर मुलुकलाई निकाश दिन्छौंः अध्यक्ष डा. बाबुराम भट्टराई

author

समाचारपाटी

१ महिना अगाडि

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरुसँग एकता र सहकार्य गर्ने सम्भावना नरहेको बताउनुभएको छ ।

बुधवार नेपाल समाजवादी विद्यार्थी युनियनको दोश्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष भट्टराई पुराना राजनीतिक दलहरु सुध्रिने अवस्था नरहेकोले वैकल्पिक नयाँ शक्तिहरुसँग सहकार्य गरेर मुलुकलाई विकल्प दिनुपर्ने बताउनु भयो । उहाँले बेतत्ता पारिएकका परिवारलाई न्याय दिन माओवादी केन्द्रसँग सहकार्य गरिएको भएपनि पुष्पकमल दाहाल आफूलाई नै सिध्याउने षड्यन्त्रमा लागेको उहाँको आरोप छ । उहाँले सहकार्य गरेर गल्ति नगरेको भएपनि बेइमानहरुबाट ठगिएको टिप्पणी गर्नुभयो । उहाँले मधेसवादी र क्षेत्रीय दलहरु आन्दोलनबाट आएको हुनाले सहकार्य गरिएको भएपनि अब सहकार्यको कुनै सम्भावना नरेहको समेत स्पष्ट पार्नुभयो । उहाँले वर्तमान व्यवस्था र संविधानको रक्षाका लागि विगतमा पटक पटक अन्य दलहरुसँग सहकार्य गरेपनि उपयोगी नभएको अध्यक्ष भट्टराईको निष्कर्ष छ । 

अध्यक्ष भट्टराईले भन्नुभयो, ‘हामीले जुन वैकल्पित शक्ति निर्माण गरेका छौं । त्यसमा केही बाँगो टिंगो भयो । त्यसमा हामीले बेइमानहरुसँग सहकार्य गरेर ठगिएका मात्र हौं हामीले अरु केही गल्ति गरेका होइनौं । हामीले सिद्धान्त र विचार छोडका होइनौं । खालि के हो भनेदेखि संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि शान्ति प्रक्रियाका केही कामहरु बाँकी पनि छन् । राजावादीहरुले त्यसलाई मन पराएका छैनन् । अर्को हाम्रो ठूलो छिमेकीले हाम्रो संविधानलाई स्वीकार पनि गरेको छैन । यस्तो बेलामा हामी भित्रै गडबडी भइरह्यो भने यही पनि गुम्छ कि भनेर हामीले तिनलाई साथ दिएको हो । तर हामीले एकता भनेका छैनौं । बाबुराम भट्टराईले पुराना पार्टीहरुसँग मिल्ने कहिले भनेकै छैन । सहकार्य गरेको हो त । मधेसवादी र क्षेत्रीय दलहरु समेत आन्दोलनबाट आएको हुनाले सहकार्य गरिएको हो । तर उहाँहरु धेरे पर पुगिसक्नुभएको छ । त्यसैले अर्को माओवादी आन्दोलनका नेतालाई त म राम्रोसँग चिन्छु । त्याभित्र भएको संकट तपाईले देख्नुभएकै छ । जति छोपेपनि बिरालोले म्याउँ गरिहाल्छ । उहाँले बेला बेला म्याउँ गरिराख्नुभएको छ । बेपत्ता परिवारलाई न्याय दिनको लागि उहाँहरुसँग हामीले सहकार्य गरेका हौँ । तर उनीहरु हामीलाई सिध्याउने षड्यन्त्रतिर लागे त्यसकारण त्यो कुरा सफल नभएको हो । अहिले हामी कतै गएका छैनौं । जानेवाला छैनौं । पुरानाहरुसँगको सहकार्य सफल र उपयोगि भएन । यसबाट पाठ सिकेर पुरानाहरु सुध्रिने र सहकार्य गर्ने सम्भावना रहेन । वैकल्पिक नयाँ शक्तिहरुसँग सहकार्य गरेर देशलाई विकल्प दिनुपर्छ भन्ने हाम्रो पछिल्लो निष्कर्ष हो ।’


उहाँले अब युवाहरुले राजनीति गर्नुपर्ने उल्लेख गर्दै समयानुकल राजनीति गर्न युवाहरुलाई आग्रह गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१६.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन