fbpx

संक्रमणकालीन न्यायसम्बन्धि काम छिटो सम्पन्न गर्न सरकारसँग नेपाल समाजवादी पार्टीको आग्रह

author

समाचारपाटी

२ महिना अगाडि

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले संक्रमकालीन न्याय सम्बन्धि बाँकी कामलाई छिटो सम्पन्न गर्न सरकारसँग आग्रह गरेको छ ।

शुक्रवार सिंहदरवारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी सो पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. भट्टराईले दलीय सहमतीको आधारमा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग गठन गठन तत्काल गरी सो काम छिटो सम्पन्न गर्नुपर्ने लगायतका १९ बुँदे काम प्रश्तुत गर्नुभएको हो । आफूहरुले तत्कालीन द्वन्दरत पक्षहरुको सहमतीमा मात्रै ती दुवै आयोग बनाउने र संक्रमणकालीन न्याय सम्बन्धि बाँकि काम छिटो टुंगोमा पु¥याउने आशयका साथ १९ बुँदे माग पत्र सरकारलाई सुझाएको पार्टीका अध्यक्ष डा. भट्टराईले बताउनु भयो । माग पत्रमा ती दुवै आयोगको प्रमुख राजनीतिक र कानून दुवै विषय बुझेको हुनुपर्ने कुरामा पनि जोड दिइएको छ । अध्यक्ष भट्टराइले संक्रमणकालीन न्याय विषयलाई अन्य अपराध कर्मको रुपमा लिने र त्यही अनुसार अदालती प्रक्रियामा जाने हो भने सो कुरा आफूहरुलाई मान्य नहुने अडान पनि स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, ‘हामीले प्रधानमन्त्रीजीलाई भेटेर यो कार्य छिटो सम्पन्न होस् भन्नको निम्ति हाम्रो पार्टीको तर्फबाट शुभकामनासहित केही १९ वटा हाम्रो बुँदाहरुसहित हामीले प्रश्तुत गरेका छौं । यसको मुल सार चाहीँ के हो भने १८ वर्ष भईसक्यो शान्ति प्रक्रियामा देश अघि बढेको । तर संविधान बन्यो, सेना समायोजन भयो । तेस्रो जुन पक्ष थियो । संक्रमणकालिन न्याय सम्बन्धि । सत्य निरुपण तथा आयोग बेपत्ता व्यक्ति आयोगको काम सम्पन्न गरेर देशमा दिगो शान्ति मेलमिलाप कायम गर्ने काम बाँकि छ । त्यसैले यो काम अब जसरी पनि पूरा गर्नुपर्छ । यो कुनैपनि पार्टी विशेषको, समूह विशेषको यो होइन । त्यसैले हामी सबै मिलेर यसलाई सम्पन्न गरौं भन्ने हाम्रो पार्टीको मुख्य धारणा हो । र त्यही हामीले व्यक्त गरेका छौं । यसमा हामीले मुख्य सुझाव के दिएका छौं भने सहमती विना यो हुँदैन । किनकी हाम्रो शान्ति प्रक्रिया विशिष्ट प्रकृतिको छ । यो एउटा पक्षले जितेको अर्को पक्षले हारेको होइन । हामी दुवैले एउटा सहमती गरेर आएको हुनाले त्यतिबेला द्वन्दरत दुई पक्ष थियौं । वास्तवमा ३ पक्ष थियो । राजतन्त्रलाई त हामी दुवै पक्षले मिलेर अन्त्य ग¥यौं । त्यसबाहेक दुई वटा संसदवादी शक्ति र तत्कालीन माओवादी शक्ति नै अहिले राजनीतिका विभिन्न नाउबाट विभिन्न धारमा अहिले पनि छन् । त्यसैले यी दुई वटा शक्ति मिलेरमात्रै यो सम्पन्न हुनसक्छ भन्ने कुरालाई ध्यान दिँदै यसका निम्ति यो संक्रमणकालीन न्याय भन्दा मान्छेले कानूनी जस्तो कुरा मात्रै बुझ्छन् । यो कानूनी मात्रै कुरा होइन । यो राजनीतिक कानूनी प्रक्रिया हो । त्यसैले यी आयोगहरु निर्माण गर्दाखेरी दलीय वा संकीर्ण सोचको आधारमा होइन कि राष्ट्रिय, अन्तर्राष्ट्रिय एउटा विश्वसनियता भएका त्यस्ता व्यक्तित्वहरुको नेतृत्वमा यसलाई सम्पन्न गरिनु पर्छ । र, संक्रमणकालीन न्यायका जुन अन्तराष्ट्रिय मान्यता छन । र अझ त्यो भन्दा अझ बढि यो प्रक्रिया हाम्रो आफ्नै नेपालीहरुको मौलिक प्रक्रिया भएको हुनाले हामीले यसको नाम नै सत्य निरुपण तथा मेलमिलाप आयोग भनेका छौं । सत्यको अन्वेषण गर्ने, तथ्य पत्ता लगाउने, त्यसको जानकारी सम्बन्धित पक्षहरुलाई दिने र पीडितहरुलाई परिपूरणको व्यवस्था गर्ने र गैर न्यायिक ढंगले त्यस्तो केही गतिविधि भएको छ भने त्यसलाई संक्रमणकालीन न्याय अन्तर्गतनै त्यसलाई सम्बोधन गर्ने र अन्ततः मेलमिलाप कायम गर्ने, दिगो शान्ति कायम गर्ने र अगाडि बढने भन्ने हो । यीनै कुरालाई केन्द्रमा राखेर हामीले १९ सूत्रीय हाम्रा मागहरु प्रश्तुत गरेका छौं । प्रधानमन्त्रीज्युले सकारात्मक ढंगले ग्रहण गर्नुभएको छ । हाम्रो विश्वास के छ भने अव हामी कुनै पक्ष, विपक्ष नभनिकन यसलाई छिटो समाधान गर्नुपर्छ । सत्य निरुपण र मेलमिलाप भनेको सत्य आउनु प¥यो । युद्ध, क्रान्ति, परिवर्तन भनेको दुई पक्षको बीचमा द्धन्द्ध हुने क्रममा जानेर, नजानेर हत्या, हिंसा हुन पुग्छ । त्यसो भएको हुनाले त्यसलाई एउटा अपराधिक ढंगले निजी स्वार्थको निम्ति भएको हत्या, हिंसा नभईकन राजनीतिक क्रान्तिकारी परिवर्तनको क्रममा दुईटा समूहबीचको द्धन्द्धको क्रममा भएको हुनाले त्यसलाई फरक ढंगले हेरिनुपर्दछ । परम्परागत न्यायको, अपराधको परिभाषामा राखेर त्यसलाई हेर्न मिल्दैन । त्यसो भएकाले हुनाले यसलाई पुरानो न्यायिक प्रक्रिया, पुरानो अदालतबाट होइन कि संक्रमणकालीन न्याय सम्बन्धि नै आयोग बन्छ । त्यसैलाई न्यायिक अधिकार पनि हुन्छ । र त्यसैले निरुपण गर्नुपर्छ । र मेलमिलाप हुन्छ भन्ने हो । त्यसो हुनाले यसलाई केही मान्छेहरुले गिजोल्याएर र फेरी पुरानै प्रक्रियातिर फर्काउन खोज्छन । त्यो भनेको शान्तिलाई पूरा नगर्ने तरिका हो । त्यसरी चाँही जन उपयुक्त छैन । गत १८ वर्षले पनि त्यो पुष्टि गरिसक्यो । अहिले अलिअलि कानून छिद्रता त जहाँ पनि हुन्छ नि । तर मुख्यत राजनीतिक इच्छाशक्ति भयो भने यसलाई मेलमिलापमा टुंग्याउन सकिन्छ ।’


माग पत्रमा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगले संक्रमकालीन न्यायका सबै मुद्दालाई निरुपण गर्नुपर्नेमा जोड दिइएको छ । अध्यक्ष भट्टराईले संक्रमणकालीन न्याय सम्बन्धि बाँकी काम अदालती प्रक्रियाको विषय नभएको जिकिर गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, कार्तिक १८, २०८१

१६.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

सरकारलाई गगनको सुझाव : धनराज गुरुङ र एमाले सांसद...

रविको हिरासत बसाइ : छुट्टै कोठा, भेटघाटका लागि चारघण्टा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक