fbpx

‘अर्थतन्त्र विस्तारै सामान्य अवस्थातर्फ फर्कन थालेको संकेत मिलेको छ’:-राष्ट्र बैंक

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा फर्किरहेको बताएको छ। नयाँ सरकार गठन भएको १० दिनमा पत्रकार सम्मेलन गरेको केन्द्रीय बैंकले अर्थतन्त्रका परिसूचक सामान्य बन्दै गएको जिकिर गरेको हो।

चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा संशोधन गरेको जानकारी दिन राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.गुणाकर भट्टले अर्थतन्त्रका सूचकांकले अर्थतन्त्र सुधारोन्मुख रहेको जानकारी गराउनुभयाे।

‘अर्थतन्त्र विस्तारै सामान्य अवस्थातर्फ फर्कन थालेको संकेत मिलेको छ,’ भर्चुअल माध्यमबाट आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता भट्टले भन्नुभयाे, ‘बाह्य क्षेत्रमाथि परेको दबाब कम हुँदै गएको छ। तरलता पनि विस्तारै सहज बन्दै गएको छ।’ भट्टका अनुसार रेमिट्यान्समा सुधार भएको छ भने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ। अर्थतन्त्रका अन्य सूचकहरू पनि सुधार हुँदै गएको प्रवक्ता भट्टको दाबी छ।

नयाँ सरकार बनेसँगै विष्णुप्रसाद पौडेल अर्थ मन्त्रालयको बागडोर सम्हाल्न आइपुगेका छन्। मन्त्री पौडेलले अर्थतन्त्रको विषयमा कुरा गर्ने बेलामा केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सँगै डाक्ने गर्नुभएकाे छ । जानकारहरूले पनि पौडेल र अधिकारीको ट्युनिङ मिलेको चर्चा गरेका छन्।

बुधबारै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री पौडेल र गभर्नर अधिकारीलाई डाकेर अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल गरेका थिए। प्रधानमन्त्री र अर्थमन्त्रीकै निर्देशनमा केन्द्रीय बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको हो। 


काठमाडौं

आइतवार, माघ २७, २०८१

१८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर