fbpx

‘यो वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न आशा गरेता पनि त्या पुग्ने सूचकहरु आइरहेका छन्’:-गभर्नर महाप्रसाद अधिकारी

author

समाचारपाटी

३ महिना अगाडि

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मुलुकको अर्थतन्त्रमा शिथिलता कायम रहेको बताउनुभएको छ । बुधवार काठमाडौंमा कर्पोरेट नेपालको १० औं वार्षिकोत्सव कार्यक्रम बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्रले शिथिलता भोगिरहेको उल्लेख गर्नुभयो । उहाँले गत आर्थिक वर्ष २०७९÷८० को केन्द्रिय तथ्याङ्क कार्यालयले अनुमान गरेको तथ्याङ्कबाट २ प्रतिशत भन्दा कमको आर्थिक वृद्धिदर हासिल गरेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न लक्ष्य भएपनि लक्ष्य अनुसारको आर्थिक वृद्धि नहुने सूचकहरुले देखाइरहेको बताउनु भयो। उहाँले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा नभएपनि औसत आर्थिक वृद्धि हुने दाबी गर्नुभयो । गभर्नर अधिकारीले अर्थतन्त्रका कतिपय प्यारामिटरहरु सबल बन्दै गएको बताउनु भयो । उहाँले अर्थतन्त्रका राम्रा पक्षलाई प्रयोग गरेर समग्रमा सुधार गर्न सक्ने ठाउँहरु रहेको बताउनु भयो । अर्थतन्त्रको वाह्य क्षेत्र सवल रहेको दाबी गर्नुभयो । उहाँले ७ महिनाको वस्तु तथा सेवाको आयात धान्ने राष्ट्र बैंकले राखेको लक्ष्य भन्दा पनि बढी १२.३ महिनाको वस्तु तथा सेवाको आयात धान्नसक्ने क्षमता अवस्था पुगेको बताउनु भयो । उहाँले मूल्यवृद्धि पनि लगभग ५ प्रतिशतको हाराहारीमा रहेको बताउनु भयो । उहाँले बैंकको ब्याजदर क्रमश घट्दै गएको र बैंकले पोलिसी रेटहरु घटाउँदै गएको बताउनु भयो । सरकारलाई आर्थिक स्रोत जुटाउन र खर्च व्यवस्थापन गर्नको लागि चालु खर्च र वित्तीय खर्चको साइज बढ्दै गएकाले पुँजीगत खर्च गर्नुपर्ने रकम त्यतातिर लगाउनु पर्ने चुनौति सरकारसँग रहेको बताउनु भयो । उहाँले समग्रमा अर्थतन्त्र हेर्दा बैंकिङ क्षेत्र सबल रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘अर्थतन्त्रले एक खालको शिथिलका भोगिरहेको छ । गत आर्थिक वर्ष २०७९÷८०को केन्द्रिय तथ्याङ्क कार्यालयले अनुमान गरेको तथ्याङ्कबाट २ प्रतिशत भन्दा कमको आर्थिक वृद्धिदर हासिल गरौं । यो वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न आशा गरेता पनि त्या पुग्ने सूचकहरु आइरहेका छन् । तर पनि हामी औषत वृद्धि गर्नसक्छौं भन्ने लक्ष्य छ । तथ्यहरुले दिइरहेको छ । त्यो बोहक अर्थतन्त्रका कतिपय प्यारामिटरहरु हाम्रा सवल पक्षहरु छन् । तीनलाई हामीले प्रयोग गरेर समग्रमा सुधार गर्न सक्ने ठाउँहरु छन् । वाह्य क्षेत्र सवल छ । राष्ट्र बैंकले राखेको लक्ष्य भन्दा ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न विषय अहिले १२.३ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने क्षमता अवस्था छ । मुद्रास्फिती पनि अत्यन्तै कन्टन भएको अवस्था छ । लगभग ५ प्रतिशतको हाराहारीमा मूल्यवृद्धि छ । यरी हेर्दा ६ं प्रतिशत भन्दा माथि मूल्यवृद्धि देखिन्छ । मूल्यवृद्धि पनि स्थिर छ ।बैंकको ब्याजदर क्रमस घट्दै आएरहेको छ ।  बैंकको पोलिसी रेटहरु घटाउँदै गएको छ । सरकारलाई केही दबाब छ । आर्थिक स्रोत जुटाउन र खर्च व्यवस्थापन गर्नको लागि चालु खर्चको साइज बढ्दै गएको छ । वित्तीय खर्चको साइज बढ्दै गएको छ । जसले गर्दा पुँजीगत खर्च गर्नुपर्ने रकम त्यतातिर लगाउनु पर्ने भएको छ । त्यो खालको चुनौती सरकारसँग छ । समग्रमा अर्थतन्त्र हेर्दा बैंकिङ क्षेत्र सवल छ । उद्योग व्यवसायलाई बैंकहरुले सहयोग गर्दै आएका छन् । अर्थतन्त्र र व्यवसायमा सिथिलता छ । कसरी चिर्ने भन्दा सबैको समन्वय र सहकार्यबाट मात्रै चिर्न सकिन्छ । उपाय र नीतिहरु पनि छ । निराश हुने भन्दा पनि अगाडि बढ्नुपर्छ । अर्थतन्त्रमा शिथिलता छ भन्दैमा कर्मचारी कटौती गर्दा थप अर्थतन्त्रमा शिथिलता बढ्छ । समस्या आयो भन्दैमा कलम खल्तीबाट निकालियन भने थप समस्या आउँछ । अर्थतन्त्र सवल बनाउनको लागि सरकार र निजी क्षेत्र सहकार्य गर्न आवश्यक छ । अर्थतन्त्रका सूचकहरु सकारात्मक भएको आत्तिनु पर्ने अवस्था छैन । विदेशी मुद्रालाई लगानी गर्न तर्फ लाग्न जरुरी छ । मनोवल गिराएर होइन निजी क्षेत्र उच्च मनोवल बनाएर लाग्नुपर्छ । व्यवसायी गतिविधि छैनन् भन्ने होइन । गतितिविधि भइरहेको छ । संरचनागत सुधारको आवश्यकता छ । यो एक दिनमा सम्भव हुने कुरा होइन । राज्यले यो विषयमा सोचेको छ ।’

उहाँले अर्थतन्त्र र व्यवसायमा रहेको शिथिलता चिर्ने सरकार र निजी क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रको सिथिलता हटाउनको लागि उपायहरु रहेको भन्दै अर्थतन्त्र सिथिलता भयो भन्दैमा निराश हुने अवस्था नरहेको बताउनु भयो । उहाँले अर्थतन्त्रमा शिथिलता छ भन्दैमा कर्मचारी कटौती गर्दा थप अर्थतन्त्रमा शिथिलता बढ्ने भन्दै कर्मचारी कटौती नगर्न आग्रह गर्नुभयो । उहाँले अर्थतन्त्र सवल बनाउनको लागि सरकार र निजी क्षेत्र सहकार्य गर्न आवश्यक रहेको बताउनु भयो। उहाँले अर्थतन्त्रका सूचकहरु सकारात्मक भएको आत्तिनु पर्ने अवस्था नभएको बताउनु भयो । उहाँले विदेशी मुद्रा सञ्चितिलाई सरकारले प्रयोग गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले मनोबल गिराएर होइन निजी क्षेत्र उच्च मनोवल बनाएर व्यवसायीक गतिविधिमा लाग्न आवश्यक रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल
 


काठमाडौं

मङ्लबार, साउन १, २०८१

२५.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन