fbpx

बजेटले लिएको आर्थिक वृद्धि र मूल्य वृद्धिको लक्ष्यलाई परिपूर्ति गर्नेगरी मौद्रिक नीति आउँछ : गभर्नर 

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धि र मूल्य वृद्धिको लक्ष्यलाई परिपूर्ति गर्नेगरी मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताउनुभएको छ ।


सोमवार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो।  उहाँले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिलाई परिपूर्ति गर्नेगरी आउने बताउनु भयो । उहाँले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आगामी साउनको १५ गतेभित्रै जारी गर्ने तयारी रहेको बताउनु भयो । उहाँले मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रको आवश्यकता, मौद्रिक बिस्तार र निजी क्षेत्रमा जानुपर्ने कर्जाका विषयलाई ख्याल गरेर तय गर्ने बताउनु भयो। उहाँले मौद्रिक नीतिको लागि राय सुझावहरु लिन शुरु गरिएको बताउनु भयो। उहाँले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटको प्रशंसा गर्नुभयो । उहाँले सरकारले राम्रो बजेट ल्याएको भन्दै त्यसलाई राष्ट्र बैंकले कार्यान्वयनमा सहयोग गर्नेगरी मौद्रिक नीति ल्याउने प्रतिवद्धता जनाउनु भयो।


उहाँले भन्नुभयो,‘सरकारले ल्याएको बजेटले जुन खालको लक्ष्य लिएको छ । ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने र राष्ट्र बैंकले ६.५ प्रतिशत राखेर आफ्नो मौद्रिक व्यवस्थापन गर्ने आकांक्षा राखेको छ । व्यवहारिक किसिमको लक्ष्यहरु राखेको छ । सरकारले गत वर्ष ८ प्रतिशत आर्थिक वृद्धि राखे पनि यो वर्ष ६ प्रतिशत मात्रै राखिएको छ । ७.५ प्रतिशतको मूल्यवृद्धिसँग तुलना गर्दा ६ प्रतिशत आर्थिक वृद्धि लक्ष्य राख्नु चुनौतिपूर्ण होला । तर अरु विभिन्न आधारहरु छन् । मूल्यवृद्धि माथि जाँदैनकी भन्ने कुरा आइरहेको छ । बजेटमा जुन आर्थिक वृद्धि र मूल्य वृद्धिको लक्ष्य छ । त्यसलाई परिपूर्ति गर्नेगरी राष्ट्र बैंकले आफ्नो मौद्रिक नीतिको तयारी गरिहेको छ ।आगामी आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीति आगामी साउनको १५ गतेभित्रै जारी गर्छौं । मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रको आवश्यकता के हो ।मौद्रिक बिस्तार कति हुनुपर्ने हो । निजी क्षेत्रमा जानु पर्ने कर्जाका विषयलाई खाल गरेर मौद्रिक नीति तय हुनेछ । मौद्रिक नीतिको लागि आजदेखि नै रायसुझावहरु माग्न थालेका छौं ।’

गभर्नर अधिकारीले यो वर्ष राजश्वमा परेको दबाब न्युनिकरण गर्न धेरै काम भएको बताउनु भयो। उहाँले सरकारले ल्याएको बजेटले अर्थतन्त्रमा देखिएको शिथिलता कम गर्ने लक्ष्य राखेको बताउनु भयो। उहाँले बजटले भने जस्तो मूल्यवृद्धि साढे ६ प्रतिशतमा सिमित राख्ने लक्ष्य भने पूरा हुने समस्या रहेको बताउनु भयो ।  


काठमाडौं

आइतवार, असार १०, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो