fbpx

एनपिएलको माहोलसँगै खेलमा भविष्य देख्दै मधेसवासी

author

समाचारपाटी

२ महिना अगाडि

नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाको खबर र त्यसका गतिविधीहरुसँगै जनकपुरधामसहित  मधेसमा खेल जगतमा आफ्नो भविष्य देख्नेहरुमा आशा पलाउन थालेको छ ।

नेपाली खेलाडीहरुको पनि लाखौँमा विक्री हुन लागेको, विदेशका चर्चित क्रिकेटरहरु नेपालीसँग खेल्न आउन लागेको खबरहरुले मधेसको खेल क्षेत्र उत्साहित बन्दै गएको छ । जनकपुरधामको वडा नं. १४ रजौलमा प्रश्तावित रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला टुर्नामेण्ट बाहेक सुनसान रहन्छ । रंगशालामा आज खेलाडी र युवादेखि बालबालिकाहरुको उत्साहजनक सहभागिता छ । शनिवार एनपिएलका लागि घोषणा भएको जनकपुर बोल्ट टिमले देशव्यापि कार्यक्रम अन्तर्गत आफ्ना टिमलाई चाहिने दुईवटा खेलाडी छान्न जनकपुरधामस्थित रंगशालामा आयोजना गरेको टाइलेण्ट हन्ट ईभेण्टमा खेलाडी मात्र नभइ खेल्न चाहने बालबालिकादेखि युवाहरु पोशाकमा सहभागिता जनाए । 

उनीहरु एनपिएलको आयोजनाले देश मात्र नभई खेलमा सुस्ताएको मधेसको युवाहरुमा आशा जागेको बताउछन् । मधेसको आठवटै जिल्लाका आधिकारिक निकाय क्यानका जिल्ला सञ्जालहरु पनि एनपिएलका कारण मधेस र जनकपुरधामको क्रिकेट विरासत अब पुनः लयमा फर्किने प्रशस्त सम्भावना रहेको बताउँछन् । क्यान धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे विश्वमा नेपाल अब क्रिकेटका कारण पनि चिनिने र आफूहरुलाई गर्व लाग्ने बताउनु हुन्छ । 

खेलाडीको प्रतिभा अनुगमन गर्न व्यस्त जनकपुर बोल्टका प्रशिक्षक मनोज कटुवाल मधेसका खेलाडी र छनौट हेर्न आएका युवादेखि बालबालिकाहरुको उत्सुकता र उत्साहले पहिलो एनपिएल भव्य हुने बताउनु हुन्छ । अब खेलाडी पनि बन्नुपर्छ भन्ने सपना र लक्ष्य प्राथमिकता पर्न थाल्ने सम्भावना देखिन थालेको बताउनु भयो । 


२०४० को दशकमै जनकपुरधाममा तत्कालिन जनकपुर चुरोट कारखाना, श्री महाविर युवा कमिटीसहितका बलिया क्रिकेट टिम सक्रिय थिए । त्यसबाट राष्ट्रिय टोलीसम्म पुग्ने खेलाडीहरु पनि धेरै थिए । नेपालमा क्रिकेट भन्ने बित्तिकै जनकपुरधाम स्मरण हुने भएपनि पछिल्लो समय जनकपुर र मधेसमा क्रिकेट सुस्ताएको थियो । तर देश, विदेशमा नेपाली टिम र हुन लागेको एनपिएल जस्ता चर्चित क्रिकेटका ईभेण्टहरुले आशाको सृजना गर्ने काम गरेको छ भने भौतिक संरचना र खेलमा लगानीका लागि राज्यलाई दबाब बढ्नेछ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, माघ १०, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक