fbpx

एनपिएलः चितवनको पहिलो हार, कर्णालीको पहिलो जित

author

समाचारपाटी

२ महिना अगाडि

चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा पहिलो जित दर्ज गरेको छ । जितको लागि १३१ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभर ५ बलमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो । कर्णालीका ओपनरद्वय शिखर धवन र देव खनालले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरे । देव खनाल २५ रन जोड्दै आउट भए । यसपछि शिखर धवनले चाडविक वाल्टनसँग दोस्रो विकेटका लागि ५१ रनको साझेदारी गर्दै कर्णालीको जितलाई सहज बनाए । धवनले ४१ बल खेल्दै ४ चौका र १ छकमका सहित ४५ रन जोडे । अर्धशतकबाट मात्र ५ रनले चुके । तर चाडविक ३० रन जोडेर रवि बोपराको बलमा एलबिडब्लु धरापमा परेपछि कर्णाली दबाबमा आयो । अन्तिम ओभरमा ९ रन चाहिँदा ३ बलमा ६ रन जोडेपछि चौथो बलमा अर्जुन घर्ती रन आउट भए । तर पाँचौ बलमा जिसन मकशुदले चौका प्रहार गर्दा एक बल अगाडि ४ विकेट गुमाएर कर्णालीलाई जित दिलाए । जिसन मकशुदले अविजित अविजित १२ रन बनाए । बलिङमा कुशल मल्ल, जान निकोल र रवि बोपराले समान १÷१ विकेट लिए । 
यसअघि पहिले ब्याटिङ गरेको चितवन राइनोजले २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन मात्र बनायो । खराब शुरूवात गरेको चितवनले ३ विकेट गुमाउँदा २२ रन मात्र बनाएको थियो । लुक बेनमकेन्सटाइन रनको खाता नखोली आउट भए भने दीपक बोहरा ८ रनमा र विपिन रावल ११ रनमा पबिलियन फर्किए। यसपछि रवि बोपरा र कप्तान कुशल मल्लले चौथो विकेटको लागि ६० रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने कोशिस गरे । कुशल २३ रनमा आउट भए । रविले अर्धशतकीय पारी खेल्दै अविजित ५९ रनको पारी खेले । उनले ४० बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरे । यसपछि अन्य खेलाडीहरूले दोहोरो रन छुन सकेनन् । बलिङमा विपिन शर्माले ३ र जुसन मक्सुदले २ विकेट लिए । तीन खेलमा कर्णालीले पहिलो जित हात पार्दै अंकको खाता खोलेको छ । तेस्रो खेल खेलेको चितवनको भने यो पहिलो हार हो । यसअघि दुई खेल जितेको चितवनसँग ४ अंक रहेको छ । —न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, माघ ११, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक